पर्वतमा १८ वर्ष नपुगेकालाई मदिरा किन्न राेक

समाधान संवाददाता २०७६ साउन १६ गते १५:३१

समाधान संवाददाता, पर्वत

पर्वतमा १८ वर्ष उमेर नपुगेका बालबालिकालाई मदिरा किन्न राेक लगाउनका साथै खुद्रारुपमा मदिरा बिक्री गर्नेले साँझ ५ बजेदेखि राति १० बजेसम्म बिक्री गर्न पाउने तर दिउँसोको समयमा बिक्री वितरण गर्न नपाउने भएकाे छ ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको उद्योगी, व्यापारी, होटल व्यवसायी, मदिरा व्यवसायी, प्रमुख जिल्ला अधिकारीलगायत सरकारी निकायका पदाधिकारीको उक्त निर्णय गरेको हो ।

Advertisement

बैठककाे निर्णय अनुसार अन्तःशुल्कको स्टिकर नलगाइएका मदिरा बिक्री वितरणमा रोक लगाइने छ । त्यस्तै बजार अनुगमन समितिमा होटल व्यवसायी सङ्घ र मदिरा व्यवसायी सङ्घका एक/एक सदस्यलाई मनोनित गरिने भएको छ ।

बैठकमा प्रत्येक होटल व्यवसायीले अनिवार्यरुपमा सिसी क्यामेरा जडान गर्नुपर्ने र सोको जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने तथा होटलमा बास बस्न आउने पाहुनाको यथार्थ विवरण राख्ने निर्णय पनि गरिएको छ । बैठकले गरेका निर्णयलाई तदारुकताका साथ कार्यान्वयन गर्नुपर्ने र निर्णय कार्यान्वयन नगर्नेलाई नियमानुसार कारवाही गरिने पनि प्रजिअ कल्पना घिमिरे नेपालले जानकारी दिइन् ।

Advertisement

यो निर्णय सदरमुकामका साथै ग्रामीण क्षेत्रका बजार तथा पसलमा पनि लागू गर्दै जाने प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । कुश्माबजारमा मात्रै झण्डै १०० को हाराहारीमा होटल तथा मदिरा व्यवसायी छन् ।

तपाईको प्रतिक्रिया