सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

समाधान संवाददाता, काठमाडाैं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ६५ हजार ८ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो ।
एक साताअघि सबै पुरानो रेकर्ड तोडेर सुनको मूल्यले साउन १० गते ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य महँगिदा नेपालमा असर परेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए । ‘अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य महँगिदा असर परेको हो अहिले पुनः अन्तर्राष्ट्रिय द्वन्द्व बढेको छ ।’
अन्तर्राष्ट्रिय द्वन्द्व बढ्दा सुनको मूल्य बढ्ने गरेको उनले बताए । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ३८ डलर पुगेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएपछि सुनको मूल्य महँगिएको शाक्यले बताए । त्यस्तै उत्तर कोरियाले जापानको समुन्द्रमा पुनः परमाणु खसालेपछि थप द्वन्द्व चर्किने लगानीकर्ताको अनुमान छ ।
अन्तर्राष्ट्रिय द्वन्द्व बढ्दा लगानीकर्ता सुनमा आकर्षित हुन्छन् । यसले माग बढ्न गई अन्तर्राष्ट्रिय बजारमा मूल्य समेत बढाउँछ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया