कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी हिमाल कलेजमा सम्मानित

समाधान संवाददाता २०७६ साउन १९ गते १६:५४

समाधान संवाददाता

पोखरा ८ बगालेटोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टले कक्षा १२ मा नेपालभरमै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । शुक्रबार कलेजमा भएको कार्यक्रममा नेपालमै उत्कृष्ट जिपिए ल्याउन सफल पोखराकी शुरती पाण्डे, पोखरामा उत्कृष्ट नम्बर ल्याउन सफल विनोद छन्याल र दिपेश भण्डारीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा हिमाल कलेज अफ म्यानेजमेन्टका क्याम्पस प्रमुख हरि कार्की, कलेजका इन्चार्ज मणिप्रसाद डुम्रे, रीता गुरुङ लगायतले अबिर, खादा र मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए ।

Advertisement

क्याम्पस प्रमुख हरि कार्कीले विद्यार्थीले अरुले बनाएको रेकर्डलाई पढ्ने कि आफूले रेकर्ड बनाउने भन्नेमा प्रष्ट भएर अघि बढेमा लक्ष्य हासिल गर्न सकिने बताए । उत्कृष्ट नम्बर ल्याउन सफल शुरती पाण्डेले विद्यार्थीले लक्ष्य निर्धारण गरेर अध्ययन गरेमा सफल बन्न सकिने बताइन् । पोखराको प्रतिभा स्कुलमा अध्ययन गरेकी सुरतीले व्यवस्थपन विषयमा कक्षा १२ मा ३.९२ जिपिए ल्याएकी थिइन् । यस वर्ष नेपाल भरबाट ३ जना विद्यार्थीले मात्रै ३.९२ जिपिए ल्यान सफल भएका थिए ।

प्रतिभा कै विद्यार्थी विनोद छन्याल र दिपेश भण्डारीले ३.८५ जिपिए ल्याएका थिए । ३.८५ जिपिए पोखराका अन्य विद्यालयका विद्यार्थीले पनि ल्याएका छन् । हिमाल कलेजले कक्षा ११ मा व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकाय र त्रिवि अन्तर्गतका निजी क्याम्पसमा बिबिएस कक्षा सञ्चालन गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया