शुनपामा गाँजा नष्ट

समाधान संवाददाता २०७६ साउन २० गते १४:१४

समाधान संवाददाता, दुलेगौंडा

प्रहरी र युवा क्लब मिलेर आइतबार गाँजा फडानी गरिएको छ । शुक्लागण्डकी ८ एक्लेटोल स्थित सफल युथ क्लबको सक्रियता र इलाका प्रहरी कार्यालय बेलचौताराको सहयोगमा गाँजा फडानी गरिएको हो ।

करिब ५ सय बोट गाजा नष्ट गरिएको प्रहरी निरीक्षक गिरीले बताए । स्थानीय र प्रहरीको साझेदारीमा कार्यक्रम गरिएको हो । गाँजा लागुऔषध भएकाले गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारबाही हुने उनले बताए । उनले गाँजा नष्ट गर्ने अभियान टोलटोलबाट सुरुआत गर्न सहभागीलाई आग्रह गरे ।

Advertisement

यसअघि इलाका प्रहरीको टोलीले शुनपा २ को गाछेपानी र १० को लामिटारमा गाजा नष्ट गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया