रिसिङमा अपांगता परिचय पत्रका लागि ३४८जनाले दिए निवेदन

समाधान संवाददाता २०७६ साउन २४ गते १३:०७

समाधान संवाददाता
दुलेगौंडा

रिसिङ गाउँपालिकामा अपांगता परिचय पत्रका लागि ३ सय ४८ जनाले निवेदन दिएका छन् ।

वडा नम्बर १ मा ४४, वडा नम्बर २ मा १९, वडा नं. ३ मा ६१, ४ मा ४० जनाले निवेदन दिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । यसैगरी वडा नं. ५ मा २९, ६ मा ६५, ७ मा ४९ र ८ नं. वडामा ४१ जनाले निवेदन दिएका छन् । अपांगता भएका व्यक्तिको सहजताको लागि गाउँपालिकाले चिकित्सकसहितको कर्मचारी सबै वडामा खटाइ घुम्ती शिविर सञ्चालन गरेको थियो । शिविरमा २ जना चिकित्सक खटिएका थिए । अब चाँडैनै बैठक बसेर परिचयत्र पत्र वितरण कार्र्य टुंग्याइने श्रेष्ठले बताए ।

Advertisement

सरकारले अपांगता भएका व्यक्तिलाई ४ समूहमा विभाजन गरेको छ । पूर्ण अशक्त अपांगता भएका व्यक्तिले रातो, अति अशक्त अपांगता भएका व्यक्तिले निलो, मध्यम अपांगता भएका व्यक्तिले पहेंलो र सामान्य अपांगता भएका व्यक्तिले सेतो रंगको परिचयपत्र प्राप्त गर्ने छन् ।

प्रक्रिया पुगेर आएका निवेदन, शारीरिक अवस्था, चिकित्सकले दिएको सिफारिस र परिचयपत्र वितरण कार्यविधिको आधारमा परिचयपत्र प्रदान गरिने गाउँपालिका अपांगता सरोकार समन्वय समितिका संयोजक एवं उपाध्यक्ष गिनुमाया थापाले जानकारी दिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया