हाजिरीजवाफमा मेट्रोपोलिटान प्रथम

समाधान संवाददाता
विज्ञान सचेतना समूह पृथ्वीनारायण क्याम्पसको आयोजनामा भएको पोखरा महानगरस्तरीय खुला हाजिरी जवाफ प्रतियोगितामा मेट्रोपोलिटान एकेडेमी प्रथम भएको छ । महानगरका माध्यमिक तह (कक्षा ९ र १०) ५० विद्यालय सहभागी उक्त कार्यक्रममा बेसलाइन एकेडेमी द्वितीय, नेसनल इन्भेन्टिभ एकेडेमी तृतीय तथा धौलागिरि बोर्डिङ सान्त्वना भएको स्वस्तिक सुवेदीले जानकारी दिए ।
कार्यक्रम संयोजक गणेशप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेसनल क्रियसन एकेडेमीका अध्यक्ष गोपालबहादुर थापाले विद्यार्थीलाई किताबी ज्ञानमात्र नभई चौतर्फी ज्ञान बढाउन संस्थाले महत्वपूर्ण भूमिका खेलको भन्दै खुसी व्यक्त गरे ।
नेसनल क्रियसन नागढुंगाको सभा हलमा भएको कार्यक्रममा विशिष्ट अतिथि ज्ञानेन्द्र थापा, कार्यक्रम सहसंयोजक तोरण भुगाईँ, संस्थाका प्रतिनिधि शिशिर पौडेल, रामेश्वर सापकोटा लगायतले बोलेका थिए ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया