सेनेटरी प्याड बनाउने तालिम

समाधान संवाददाता २०७६ साउन २७ गते १५:३६

समाधान संवाददाता
पोखरा

पोखरा उद्योग वाणिज्य संघ तथा पँखेटा नेपालको आयोजना एवं बाबा फाउन्डेसन र एक्सपोज नेपालको सहकार्यमा ३ दिने सेनेटरी प्याड बनाउने तालिम जारी छ । महिलाको क्षमता तथा सीप अभिवृद्धिका शनिबारबाट तालिम सुरु भएको हो ।

महिला उद्यमी तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश महिला उद्यमी विकास उपसमिति संयोजक रामकली खड्काले तालिम सुरुआत गरिन् । उनले सीप र क्षमताले नै महिलालाई आत्मविश्वासी बनाउने उल्लेख गर्दै सेनेटरी प्याड बनाउने तालिम सामाजिक भावनाले उत्प्रेरित भएको बताइन् । महिनावारीका कारण महिलामा हुने शारीरिक र मानसिक समस्या सल्टाउन सेनेटरी प्याडले महत्वपूर्ण भूमिका खेलको उनको भनाइ छ ।

Advertisement

पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदीले उद्यमशीलताका लागि तालिमको महत्वबारे प्रकाश पारिन् । पोखरा कलेज अफ म्यानेजमेन्टका डा. चैतन्यराज अधिकारीले महिनावारीका बेला महिलालाई आवश्यक पर्ने सेनेटरी प्याड बनाउने तालिमले आवश्यकताको सम्बोधनका साथै महिलालाई आत्मविश्वासी पनि बनाउने विचार राखे । पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक महासचिव चिनु गुरुङले तालिम आयोजनामा सघाउने संघ, संस्था तथा सहयोगीप्रति धन्यवाद ज्ञापन गरिन् ।

कार्यक्रममा जेसिजका अध्यक्ष सन्तोष शाही, प्रशिक्षक तथा प्याडम्यानको उपनाम पाएका ज्ञान महर्जन लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया