विप्लवकाे नेतृत्वमा म्याग्दीका वडाध्यक्षलाई मोसो

समाधान संवाददाता २०७६ साउन ३१ गते १२:२५

समाधान संवाददाता, म्याग्दी

म्याग्दीका १ वडाध्यक्षलाई कार्यकक्षमा नै मासो र चप्पलको माला लगाएका छन् । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले बेनी नगरपालिका– २ ज्यामरुकोटका वडाध्यक्ष हीराबहादुर थापालाई बिहीबार मोसो दलेर चप्पलको माला लगाएका हुन् ।

भ्रष्टाचार गरेको, राजश्व संकलनमा मनलाग्दी गरेको, बजेट वितरणमा मानोमानी गरेको लगायत आरोप लगाउँदै कालोमोसो दलिएको विप्लव समर्थित कार्यकताएदे जनाएका छन् । पटकपटक चेतावनी दिँदा पनि सुधार नभएकाले कालोमोसो दल्नु परेको कार्यकर्ताले वडा कार्यालयमा सेतो कागजमा लेखेर छाडेका छन् ।

Advertisement

बिहीबार बिहान १० बजे वडा कार्यालयमा काम गरिरहेका थापालाई उक्त समूहले मोसो दलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । ‘घटनास्थलमा डायरीको पानमा कारबाही स्वरूप यो काम गरेको बताउँदै विप्लव समूहको नाम उल्लेख छ,’ उनले भने । घटनामा संलग्नको खोजी भइरहेको छ ।

यसैबीच नेकपा म्याग्दीले बिहीबार नै विज्ञप्ति निकालेर वडाध्यक्ष थापामाथि भएको अमानवीय व्यवहारको निन्दा गरेको छ । जनताको मतद्वारा निर्वाचित भएर जनताकै सेवामा खटिएका बेला यस्तो हस्तक्षेप गर्नु अमानवीय भएको भन्दै त्यसको निन्दा गरिएको नेकपा म्याग्दीले जनाएको छ । वडाध्यक्ष थापाले वडा कार्यालयमा काम गरिरहेको समयमा विप्लवका केही कार्यकर्ताहरू आएर जबरजस्ती मोसो दलेर भागेको नेकपाका नेताहरूले बताएका छन् । माक्स लगाएर आएकाले मान्छे चिन्न नसकेको वडाध्यक्ष थापाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया