मुस्ताङका २१ कार्यालयका ५८ कर्मचारी गयल

समाधान संवाददाता २०७६ भदौ २ गते १२:२१

समाधान संवाददाता, जोमसोम

जिल्ला प्रशासन कार्यालय मुस्ताङले आइतबार संघ तथा प्रदेश स्तरीय विभिन्न कार्यालयको अनुगमन गरेको छ । अनुगमनका क्रममा २१ वटा कार्यालयका ९ जना अधिकृतसहित ५८ जना सहायक दर्जाका कर्मचारी अनुपस्थित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) गंगाबहादुर क्षेत्रको नेतृत्वमा भएको कार्यालय अनुगमनमा प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यालय स्याउ जोनका प्रमुख शम्भुप्रसाद देव, जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालयका प्रमुख वंशिहरि कोइराला र लेखा अधिकृत छैटौं तहका मित्रबन्धु पौडेल, नापी प्रमुख मिथिलेश शाह, कालिगण्डकी करिडोरका किरण सुवेदी, डिभिजन वन प्रमुख नारायणदत्त उपाध्याय, जिल्ला अस्पताल जोमसोमका डक्टर प्रकाश नेपाली (अधिकृत आठौं) र दिनेशकुमार केसी (अधिकृत छैटौं) लगायत कर्मचारी कार्यालय समयमा अनुपस्थित रहेको पाइएको हो ।

Advertisement

प्रशासनले सिँचाइ तथा सव जलस्रोत, जिल्ला अस्पताल, नापी, नेपाल खाद्य संस्थान, कालिगण्डकी करिडोर, जिल्ला आयुर्वेद, स्वाथ्य कार्यालय, मालपोत, हुलाक, कारागार, समन्वय समिति, डिभिजन वन, कोलेनिका, स्याउ जोन, एक्याप, घरेलु र कृषि ज्ञानकेन्द्र इकाई लगायतमा निरीक्षण गरेको हो । निरीक्षणका क्रममा सम्बन्धित कार्यालयमा रहेका हाजिरी रजिस्टर समेतमा नियन्त्रणमा लिइएको थियो । कार्यालय समयमा अनुपस्थित कर्मचारीलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया