सिंहदरबारमा मृत भेटिए योजना आयोगका नासु

समाधान संवाददाता २०७६ भदौ ३ गते १५:३६

समाधान संवाददाता, काठमाडाैं

सिंहदरबारस्थित आयोगको कार्यालयमा राष्ट्रिय योजना आयोगका नायब  सुब्बा बच्चुराम केसी मृत भेटिएका छन् । मंगलबार बिहान उनी मृत भेटिएका हुन् ।

केसी  सोमबार घर गए/नगएको बारे आफूलाई थाहा नभएको तर मंगलबार १२ बजेतिर उनी कार्यालयमा मृत भेटिएको आयोगका प्रवक्ता किरण रूपाखेतीले जानकारी दिए।

Advertisement

‘हामीले आज १२ बजेमात्रै थाहा पाएका हौं। विष सेवन गरी आत्महत्या गर्नुभएको रहेछ,’ प्रवक्ता रुपाखेतीले भने।

Advertisement

तपाईको प्रतिक्रिया