अन्तर्वार्ता लिन जाँदा पक्राउ परेंः पत्रकार ओम हमाल

समाधान संवाददाता २०७६ भदौ ८ गते ११:४१

समाधान संवाददाता
पोखरा

प्रहरी हिरासतमा रहेका पत्रकार ओम हमालले पत्रकारिता कर्म गर्दै गर्दा पक्राउ परेको बताएका छन् । उनलाई कास्की प्रहरीले शुक्रबार लेखनाथको शिशुवाबाट पक्राउ गरेको थियो ।

हमाललाई भेट्न पुगेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीसँग प्रहरीले आफूमाथि झुट्टा मुद्दा लगाउन खोजेको बताए । ‘म रुपेशजीसँग अन्तर्वार्ता लिन गएको थिएँ । अन्तर्वार्ता लिने तयारी गर्दै गर्दा पक्राउ गरिएको हो,’ हमालले भने ।

Advertisement

सादा पोसाकमा गएका मानिसले घेरा हाल्ने प्रयास गरेकाले अपहरणकारी हुनकि भन्ने शंका लागेर लुक्न खोजेको हमालले बताए । ‘पोसाक लगाएका प्रहरी देखेको भए भाग्न खोज्ने थिइनँ, अपहरणकारी पो हुन् कि भनेर ज्यान जोगाउने प्रयास गरेको हुँ,’ हमालले भने, ‘त्यसैलाई प्रहरीले भाग्न खोज्दा खोज्दै पक्राउ गरेको भनेर बयान दिएछ ।’

हमालले आफू लामो समयदेखि विशुद्ध पत्रकारिता कर्ममै रहेको बताउँदै अन्य कुनै गतिविधिमा संलग्न नभएको दावी गरे । ‘प्रहरीले झुठो मुद्दा लगाएर फसाउन खोज्दैछ, मैले न्याय पाउने अपेक्षा गरेको छु,’ हमालले भने ।

Advertisement

तपाईको प्रतिक्रिया