सर्वेश्वर टोल विकास संस्थामा देवकृष्ण

समाधान संवाददाता २०७६ भदौ ८ गते १२:२६

समाधान संवाददाता
पोखरा

पोखरा ४ स्थित सर्वेश्वर टोल विकास संस्थाको शनिशार भएको तेस्रो अधिवेशनले देवकृष्ण पराजुलीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष सीता गोदार, सचिव नवराज वाग्ले, सहसचिव सीता पाठक कोइराला, कोषाध्यक्ष विष्णुदेवी कोइराला र सह कोषाध्यक्ष राजकुमारी पन्थी चयन भए ।

Advertisement

सदस्यहरु मनोज कोइराला, रमा पराजुली, शान्ति आचार्य, तिलक गोदार, सुदर्शन श्रेष्ठ र सरस्वती कोइराला चयन भएका छन् ।

नव निर्वाचित अध्यक्ष सहित पदाधिकारीलाई नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य एवं निर्वाचन समिति संयोजक कमल पौडेल अथकले सपथ ग्रहण गराएका थिए । विश्व हिन्दु महासंघ केन्द्रीय सचिव एवं निर्वाचन समिति सदस्य जगन्नाथ कोइरालाले निर्वाचित पदाधिकारीलाई माला लगाउँदै बधाई ज्ञापन गरे ।

Advertisement

नव निर्वाचित अध्यक्ष देवकृष्ण पराजुलीले घर भाडामा लिने दिनेको समझदारीसहित आगामी दिनमा टोल विकास संस्थाले गर्ने योजना सुनाएका थिए ।

अधिवेशन उद्घाटन गर्दै प्रदेश सभा सदस्य बिन्दुकुमार थापाले टोलको विकासको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष नारायण कोइरालाले घर भाडामा दिने र भाडा लिनेबीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताए । उनले सरकारले लगाएका असामान्य करलाई निरुत्साहित गर्दै आवश्यक कर तिरेरमात्र व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने व्यवसायीको दायित्व भएको बताए ।

कार्यक्रममा विद्यावारिधि गरेकी टोलकी सदस्य समीक्षा कोइराला र एसइईमा उत्कृष्ट अंक ल्याएकी श्वेता कोइरालालाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष देवकृष्ण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष पवनकुमार प्रजापति, पराजुली मार्गका अध्यक्ष लेखनाथ पराजुली, आदर्श टोल विकास संस्थाका अध्यक्ष तर्कबहादुर केसी, सिद्धार्थ टोल विकास संस्थाका अध्यक्ष सम्झना माकाजू, सल्लाहकार नारायण पराजुली, जानकी कोइराला, सदस्य सीता पाठक कोइराला र सचिव नवराज वाग्लेले बोलेका थिए ।

तपाईको प्रतिक्रिया