अपांगता भएकाको मानवअधिकारमा ध्यान दिन आग्रह

समाधान संवाददाता २०७६ भदौ ९ गते १३:१०

समाधान संवाददाता
पोखरा

अपांगता भएका व्यक्तिको मानवअधिकार संरक्षण र संवद्र्धनमा सरोकावालाहरुले विशेष ध्यान दिनुपर्ने १ कार्यक्रमका सहभागीले बताएका छन् । स्वाबलम्बन जीवन पद्धति केन्द्रको आयोजना र जाइकाको सहयोगमा आयोजित अपांगता सवालमा बनेका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन, त्यसको कार्यान्वयन र चुनौतीको विषयक अन्तरक्रिया वक्ताले अपांगताका समस्याको पहिचान र समाधानमा विशेष पहल नभएको गुनासो गरे ।

विशेष गरी बौद्धिक अपांता भएकाहरुको सवालमा सहभागीले धेरै प्रश्न उठाए । बौद्धिक अपांगता भएकाहरुको परीक्षण वैज्ञानिक हुन नसक्नु र सामान्य प्रश्नका आधारमा हुने परीक्षणले अपांगताको अवस्थालाई उजागार गर्ने नसकेको सहभागिहरुले बताए । पहुँच युक्त पूर्वाधारको अभाव र सकारात्मक दृष्टिकोणको अभावले अपांगता भएका व्यक्तिको मानवअधिकारलाई कुण्ठित गरिरहेको सहभागीको भनाइ थियो ।

Advertisement

कार्यक्रममा स्वाबलम्बन जीवन पद्धतिका अध्यक्ष हेम गुरुङ, महासचिव अञ्जना केसीले राष्ट्रिय अन्तर्राष्ट्रिय काुनन र कार्यान्वयनको विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा स्वाबलम्बन जीवन पद्धतिक एवं जाइका प्रतिनिधि जापानी नागरिक टेसाइ सुफान इकेदा, निशिहारा हायासाले अपांगताको समस्या र भोगाइ उस्तै भए पनि जापानमा राज्यले उनीहरुको मानवअधिकारप्रति संवेदनशीलता अपनाएर काम गरेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया