‘खेलकुदसँगै पर्यटनका लागि अन्तर्राष्ट्रिय इभेन्ट’

समाधान संवाददाता २०७६ भदौ १८ गते १३:२७

समाधान संवाददाता
पोखरा

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलकुद तथा पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यममा लैजान विभिन्न अन्तर्राष्ट्रिय स्तरका इभेन्ट गर्नुृपर्नेमा जोड दिएका छन् । हरेक विधाका खेल आयोजना गर्न नेपालको मौसम, खोला, नदी, ताल, तलैया र भौगोलिक अवस्था उचित रहेको उनको भनाइ छ ।

पर्यटन मन्त्रालय, खेलकुद मन्त्रालय र निजी क्षेत्रबीच अन्तक्र्रियात्मक कार्यक्रम गरी खेल र भौगोलिक अवस्थाको अनुगमनबाट संयुक्त लगानी गरे आन्तरिक एवं वाह्य पर्यटक आगमन हुने उनको भनाइ छ । आगमाी मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पोखरामा हुने केही खेलका लागि पूर्वाधार बनिरहेका छन् । उनले पोखरा रंगशालामा पूर्वाधार तयार हुंदै गरेको, नेपाल भ्रमण वर्ष २०२० लाई प्रोत्साहन गर्न र २०७६ आश्विन २९ गते पोखरामा हुने अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड २०१९ का लागिसहयोग गरी नेपाल चीनबीचको सम्बन्धलाई प्रगाढ बनाउन पहल गर्ने उनले वचनवद्धता गरे ।

Advertisement

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संघको गतिविधिबारे मन्त्री विश्वकर्मालाई जानकारी गराए । संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल संघको संयुक्त आयोजनामा पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड २०१९ हुन लागेको जानकारी दिए । दौडमा चिनिया राजदूतको समेत उपस्थिति रहनेछ ।

६ महिन अघि संघका महासचिव अर्जुन पोखरेलको नेतृत्वमा दौड हुने स्थल अवलोकन तथा त्यहाँका स्थानीयसँग छलफल गरी दौडलाई कसरी सुरक्षित र व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिइएको थियो । सोही समयमा रुट छायांकन गरी अन्तर्राष्ट्रिय मिडियामा प्रचारप्रसार गर्न पहल भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया