रोज बहिनी समाजद्वारा सेनेटरी प्याड सहयोग

समाधान संवाददाता २०७६ भदौ २२ गते १३:३३

समाधान संवाददाता, पोखरा

रोज बहिनी सिर्जनशील महिला समाजको रोज बहिनी विद्यालय स्वास्थ्य परियोजना अन्तर्गत निशुल्क सेनेटरी प्याड वितरण गरेको छ ।

गण्डकी प्रदेशका किशोरी लक्षित ‘रोज बहिनी महिला बालबालिका तथा किशोरी स्वास्थ्य शिक्षा र सुरक्षामा समर्पित’ समाजको कार्यक्रममा पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले नेपालमा किशोरीमाथि देखिएको समस्या समाधानमा महानगर प्रतिवद्ध भएर लाग्ने बताइन् ।

Advertisement

महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने गण्डकी प्रदेश भित्रका विभिन्न क्षेत्रका व्यक्तित्वलाई रोज बहिनी अग्रज नारी रत्न पुरस्कार २०७६ बाट सम्मान गरेको छ । समाजले महिलाको आवाज उठाउँदै आएकी पत्रकार बिमला भण्डारी, समाजसेवी एवं राजनीतिक व्यक्तित्व माया बराल, शिक्षाविद् एलीयाना जोन, पर्यटन व्यवसायी लक्की कार्की, सौन्दर्यविद् चिनु गुरुङ, उद्यमी रामकली खड्का, गोमा ढकाल साथै संस्थाको गण्डकी प्रदेश संयोजक देवी कार्कीलाई सम्मान गरेको छ ।

कार्यक्रममा भारतको उत्तर प्रदेश माहमण्डल देश भारतीको क्षेत्रीय प्रमुख पूर्व कप्तान रिना सिंह, डा. निर्मला सिंहबाट किशोरी स्वास्थ्य शिक्षासँगै आत्मनिर्भरता, आत्मरक्षा बारे प्रशिक्षण दिइएको थियो । समाजले पोखरा रत्नचोक निवासी मिस एसइई २०१८ की सृष्टि घिमिरेलाई गण्डकी प्रदेशका लागि रोज बहिनी ब्रान्ड एम्बेस्टरमा नियुक्त गरेको छ भने रोज बहिनी कास्की जिल्ला अध्यक्षमा लक्ष्मी केसीलाई जिम्मेवारी दिइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया