डेंगुकाे संक्रमण भएकाे बेला नजँचाइ नखानुस् ‘पेन किलर’, जान सक्छ ज्यान !

समाधान संवाददाता २०७६ भदौ २४ गते १५:३८

समाधान संवाददाता, काठमाडाैं

देशभर अहिले डेंगुकाे संक्रमण बढ्दाे छ । टाउको दुख्नु, ज्वरो आउनु, ज्यान दुख्नु सुरूमै देखिने सामान्य लक्षण हुन् ।

प्रायः हामी सबैको घरमा पेन किलर हुने गर्छ । नभए पनि यी लक्षण देखिनासाथ हामी धेरैले आफैं किनेर खाने गरेका छाैं । तर, डेंगु संक्रमण भएका बेला कतिपय यी औषधीले स्वास्थ्य सुधार होइन, झनै खतराजनक अवस्थामा पुर्‍याउन सक्छन् ।

Advertisement

डेंगु संक्रमणमा केही पेन किलरले बिरामीलाई थप जोखिममा पुर्‍याइदिने वरिष्ठ मुटु रोग विशेषज्ञ रामेश कोइराला बताउँछन् ।

डेंगुमा मानिस मर्ने भनेकै रक्तस्रावका कारण हो । ब्रुसेट, ब्रुफिन, फ्लेक्जन,निम्स लगायतका पेन किलरले रक्तश्राव बढाउन सहयोग पुग्छ ।

Advertisement

डाक्टर  कोइरालाका अनुसार डेंगी भएका बिरामीको रगतमा ‘प्लेट्लेट्स’ को मात्रा कम हुन्छ । प्लेट्लेट्स भनेको हाम्रो रगतमा हुने साना कोषिका हुन् । तिनले रगत जमाएर बग्न नदिने काम गर्छन् । यस्तो अवस्थामा माथि उल्लेखित पेन किलर खाए तिनले ‘प्लेट्लेट्स’लाई काम गर्न झनै व्यवधान पुर्‍याउँछन् । जसले गर्दा रक्तश्राव हुने सम्भावना झनै धेरै हुन्छ ।

‘यो औषधीले दुखाइ र ज्वरो कम गर्ने भए पनि र रगत जम्न नदिएर शरीरभित्र चाँडै रक्तस्राव गराउँछन् । डेंगीका बिरामीको मृत्यु हुने भनेकै आन्तरिक रक्तस्राव भएर हो,’ डाक्टर कोइराला भन्छन्, ‘यी औषधीले कलेजोमा पनि असर गर्छन् ।’

डेंगीको प्रकोप चलेको बेला शरीर, टाउको दुख्यो भने सामान्य पारासिटामोल मात्र खाएर तुरून्त डाक्टरकहाँ जानुपर्ने उनी सुझाउँछन् ।

डेंगीका उपचारको निम्ति कुनै विशेष औषधी वा खोप बनिसकेको छैन ।
डेंगीका गम्भीर लक्षण भनेको आँखा, नाक, मुखबाट रगत बग्नु हो। यसमा हामीले खाने पेन किलरको भूमिका बलियो हुन्छ ।

‘रक्तस्राव हुने अवस्थामा पुगेको मान्छेले राम्ररी उपचार नपाए ज्यान जान सक्छ । हामीले थाहै नपाइ हाम्रो ज्यान जोखिममा पारिरहेका छौं ।

तपाईको प्रतिक्रिया