सिद्धार्थ राजमार्गमा पहिरोले स्कार्पियाे र जिप पुरिदाँ १ काे मृत्यु, ६ घाइते

समाधान संवाददाता २०७६ भदौ २७ गते १२:३४

समाधान संवाददाता, बुटवल

सिद्धार्थ राजमार्गको पाल्पा-बुटबल सडकखण्डमा शुक्रबार बिहान स्कार्पियो र जिप सुख्खा पहिरोमा पुरिँदा एक जनाको मृत्यु भएको छ ।

लु२च ५९३८ नम्बरको स्कार्पियो र लु१ज २६१७ नम्बरको जिप पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । बिहान ११ बजे गएको पहिरोमा पुरिँदा स्कार्पियोका चालक कमल परियारको घटनास्थलमै मृत्यु भएको थियाे भने अन्य ६ जना घाइते भएका छन् । त्यसमध्ये दुई यात्रुको अवस्था गम्भीर छ।

Advertisement

जिप पाल्पाबाट गुल्मी र स्कार्पियो बुटवल आउँदै थिए । घाइतेहरूलाई उपचारका लागि लुम्बिनी अस्पताल बुटवल ल्याइएको छ।

Advertisement

तपाईको प्रतिक्रिया