महराले अर्को पनि राजीनामा दिनुपर्ने

समाधान संवाददाता २०७६ असोज १४ गते १५:४८

समाधान संवाददाता, काठमाडाैं

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका छन् ।  

महराले मंगलबार स्वकीय सचिवमार्फत् उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई बुझाएको राजीनामा पत्रमा उनले छानबिन प्रकिया नसकिँदासम्मका लागि राजीनामा दिएको बताएका छन् ।

Advertisement

उक्त राजीनामा पत्रमा महराले प्रतिनिधि सभाका सभामुखको लेटर प्याड प्रयोग गरेका छन् । उनले बुझाएको राजीनामा पत्रले सभामुखबाट मात्र राजीनामा दिएको बुझिन्छ ।

आजै बिहान बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले भने उनलाई सभामुख र सांसद दुबै पदबाट राजीनामा दिन भनेको थियो ।

Advertisement

उपसभामुखलाई आज बुझाएको राजीनामा पछि उनी सभामुख पदबाट मुक्त भएका छन् ।

महराले सांसद पदबाट मुक्त हुन फेरि अर्को राजीनामा दिनु पर्ने नेकपाका एक नेताले बताए ।

महराले सांसदबाट पनि उपसभामुख तुम्बाहाम्फेलाई नै राजीनामा बुझाउनु पर्छ । सभामुख पदको राजीनामा कसैले स्वीकृत गर्न नपर्ने भए पनि सांसदको राजीनामा उपसभामुखले स्वीकृत गर्नु पर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया