अमिताभ बच्चनले पठाए एसिड आक्रमणमा परेकी मुस्कानलाई भिडिओ सन्देश

समाधान संवाददाता २०७६ असोज १६ गते ११:५५

समाधान संवाददाता, काठमाडाैं

गत भदाै २० गते एसिड आक्रमणमा परेर कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कान खातुनलाई बलिउड अभिनेता अमिताभ बच्चनले भिडिओ सन्देश पठाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा पठाएको भिडिओ सन्देशमा अमिताभले मुस्कानको शीघ्र स्वास्थ्यको कामना गर्दै यस्तो घटना हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

यसअघि बलिउड अभिनेता वरूण धवन र कर्ती सनाेनले पनि मुस्कानलाई भिडिओ सन्देश पठाएका थिए ।

Advertisement

यस्तै गायक राजु लामा, नायिका सन्चिता लुईटेल र निती शाह पनि उनलाई भेट्न अस्पतालमै पुगेका थिए ।

तपाईको प्रतिक्रिया