५७ ट्याक्सी चालक कारवाहीमा

समाधान संवाददाता २०७६ असोज २७ गते १३:३२

समाधान संवाददाता
पोखरा

दसैंको बेला भन्दै मिटरमा जान आनाकानी गर्ने र बढी भाडा असुल्ने ५७ ट्याक्सीका चालक कारवाहीमा परेका छन् । पोखराका विभिन्न ठाउँमा यात्रु ओसार्दा मिटर नचलाउने ५२ र मिटर नै जडान नगर्ने ५ ट्याक्सी चालक कारवाहीमा परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएर यातायात व्यवस्था ऐन अनुसरा कारवाही गरेर छाडिएको छ । मिटरमा उठेको भन्दा बढी भाडा असुल गर्ने ट्याक्सी चालकलाई कारवाही गर्न लागि छुट्टै कार्ययोजना तयार गरी कार्ययोजना अनुसार छड्के रुपमा चेकिङ, गस्ती, पेट्रोलिङ तथा स्विप अपरेसन गर्ने गरिएको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया