गरिबी हटाउन योगदान गर्नेलाई नोबेल पुरस्कार

समाधान संवाददाता २०७६ असोज २८ गते १५:०४

समाधान संवाददाता
काठमाडौं

गरिबी कसरी हटाउन सकिन्छ भनेर काम गरिरहेका ३ अर्थशास्त्रीलाई सन् २०१९ को अर्थशास्त्रका लागि नोबेल पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । स्विडिस एकेडेमीले अविजित बेनर्जी, एस्थर डुफ्लो र माइकल क्रेमरलाई संयुक्त रुपमा यो अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । तीनै जना अमेरिकी आप्रवासी हुन् ।

फ्रान्सेली मुलकी अमेरिकी नागरिक डुफ्लो अर्थशास्त्रका लागि नोबेल पुरस्कार पाउने इतिहासकै केवल दोस्रो महिला अर्थशास्त्री हुन् । बेनर्जी र क्रेमर भारतीय मुलका अमेरिकी हुन् । ४६ वर्षीया डुफ्लो, बेनर्जीकी श्रीमती हुन् ।

Advertisement

शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा काम गरी विश्वबाट गरिबी निवारण गर्न सकिन्छ भनेर यी तीनै जना अर्थशास्त्रीले निकै उपयोगी अध्ययन र अनुसन्धान गरेको अवार्ड वितरक स्विडिस एकेडेमीको ठहर छ । समस्यालाई सानो र सजिलो बनाएर त्यसलाई समाधान गर्न अझ सजिलो बनाउने यी अर्थशास्त्रीको उपलब्धि रहेको जनाइएको छ । स्विडिस सेन्ट्रल बैंकले उद्योगी तथा डाइनामाइटका आविष्कारका अल्फ्रेड नोबेलको नाममा स्थापना गरेको नोबेल पुरस्कार विभिन्न ६ विधामा हरेक वर्ष प्रदान हुँदै आएको छ ।

यो अवार्ड पहिलो पटक सन् १९६१ मा प्रदान गरिएको थियो । यस वर्ष औषधि विज्ञान, भौतिक विज्ञान, रसायन विज्ञान, साहित्य र शान्तितर्फका नोबेल पुरस्कार विजेता घोषणा भइसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया