अप्पर मुस्ताङको मराङमा सामुदायिक होम–स्टे

समाधान संवाददाता २०७६ असोज २८ गते १६:५६

एसके थकाली, जोमसोम

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिका–१ मराङमा पर्यटक लक्षित होम–स्टे संञ्चालनमा आएको छ । सामान्यतया कृषि र पशुपालन व्यवसायमा आश्रित स्थानीयवासी होम–स्टे संञ्चालनसंगै पर्यटन व्यवसायमा जोडिएका हुन् ।

स्थानीयतहको सिफारिसमा गण्डकी प्रदेशले मुस्ताङमा ३ वटा होम–स्टे सुचिकृत गरेको हो । जसमध्ये उपल्लो मुस्ताङकोे लोमान्थाङ चुमजुङ र लोघेकर दामोदरकुण्ड गाउपालिकाको मराङ छन् भने तल्लो मुस्ताङको घरपझोङ –५ ठिनी होम–स्टे प्रदेशको छनौटमा परेको हो । प्रदेश सरकारले गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष र भिजिट नेपाल २०२० लाई लक्ष्य गरेर होम स्टे बिस्तार गरेको सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए ।

Advertisement

प्रादेशिक सरकारको होम–स्टे सुचिकृतसंगै विकट गाउ मराङका ५ घरधुरीले प्रारम्भिक होम–स्टे संञ्चालन गरेका हुन् । आर्थिक वर्ष २०७५÷०७६ मा विनियोजित होम –स्टे १० लाख बजेटको सहयोगमा होम–स्टे पूर्वाधार निर्माणमा जोड दिईएको हो । यस्तै ,लोघेकर दामोदरकुण्ड गाउपालिकाले समेत होम–स्टेका लागि सहयोग गरेको अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । होम–स्टेका लागि प्राप्त बजेटले शौचालय ,बाथरुम,बेडरुम साजसज्जा लगायतको पूर्वाधार निर्माण भएको अध्यक्ष बिष्टले बताए ।

यसअघि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले मराङका ५ घरधुरीलाई होम–स्टे कुकिङ र पर्यटन आतिथ्यता संम्वन्धि तालिम प्रदान गरेको होम–स्टे संञ्चालन धावा गुरुङले जानकारी दिए । उनका अनुसार नया संञ्चालनमा रहेको होम–स्टे लाई पालिका र एक्यापमा दर्ता प्रक्रिया अघि बढेको उल्लेख गरे । राष्ट्रिय गौरवको आयोजना जोमसोम÷कोरला सडकको चराङ गाउ देखि पञ्चिमतर्फ मराङ गाउ पर्छ । मुख्य राजमार्ग देखि पैदल २० मिनेटको दुरीमा रहेको मराङमा ४६ घरधुरी छन् । होम–स्टे संञ्चालक धावा गुरुङले बिस्तारै होम–स्टे संख्या बढाउदै लैजाने बताए ।

Advertisement

उपल्लो मुस्ताङको फरक भुगोल र मनोरम दृष्यहरुले त्यहा पुग्ने जोकोही पर्यटक मोहित हुने गर्छन् । नेपालकै सबैभन्दा पुरानो मानिएको लोघेकर ( घर गुम्बा ) मराङमा छ । यस्तै मराङमा पुग्ने पर्यटकले लाङबुछे भ्यु प्वाईन्ट,गोलाखा गुफा,ट्रेसर गुफा,ङ्ग्री पेनचेन फुट प्रिन्ट एण्ड गुफा ,स्याउ बगैचा र गासे फु अवलोकन गर्न सक्छन् ।

मराङ होम–स्टे पुग्ने पर्यटकले स्थानीय अर्गानिक खानाका परिकार संगै स्थानीय कला संस्कृतिको अध्ययन गर्न पाईने जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले जानकारी दिईन् । उनका अनुसार होम–स्टे व्यवस्थाककै सहयोगमा लोछेदिन टुर एण्ड ट्राभल्स र घोडाको व्यवस्था समेत गरिएको छ । उपल्लो मुस्ताङको कोरलानाका तथा लोमान्थाङ दरबार हेर्न आउने पर्यटक मराङ घुम्न आउने गरेको गुरुङले बताईन् ।

तपाईको प्रतिक्रिया