एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

समाधान संवाददाता, काठमाडाैं
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट अध्यक्षमा कुमार पन्त विजयी भएका छन् ।
अध्यक्षका अर्का प्रतिस्पर्धी कुल आचार्यलाई हराउँदै पन्त विजयी भएका हुन् । पन्तले एक हजार ९४ मत ल्याए भने आचार्यले नौ सय ५९ मत ल्याएका हुन् । पन्त जर्मनी र आचार्य बेलायतमा रहेर व्यवसाय गर्छन् । शुक्रबार सकिएको मतगणनाको निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ ।
उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा, बद्री केसी, रविना थापा र मन केसी निर्वाचित भए । महासचिवमा हेमराज शर्मा निर्वाचित भए भने सचिव गौरी जोशी र आरके शर्मा निर्वाचित भएका छन् । कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन् ।
निर्वाचनमा दुई हजार तीन सय ४४ मत खसेको थियो । ८१ देशबाट सम्मेलनमा भाग लिन एनआरएनएका प्रतिनिधि नेपाल आएका थिए ।
तपाईको प्रतिक्रिया