मनकामना केबलकार चढ्नेलाई स्मार्ट टिभीदेखि स्मार्ट माेबाइल उपहार

समाधान संवाददाता
काठमाडौं
नेपालको पहिलो केबुलकार मनकामना केबुलकारले २१औं वार्षिकोत्सवको अवसरमा विभिन्न उपहार योजना ल्याएको छ । १ महिना अवधि भएकोयो योजनामा केबुलकार चढी मनकामना दर्शन गर्ने दर्शनार्थीले विभिन्न उपहार पाउने छन् ।
पहिलो उपहार ४३ इन्चको एलजी स्मार्ट टिभी, दोस्रो उपहार ३२ इन्चको एलजीस्मार्ट टिभी र तेस्रो पुरस्कार सामसुङ स्मार्ट मोबाइल छन् । कम्पनीले अयात्रुलाई सम्मान गर्ने उद्देश्यलेउपहार योजना ल्याएको जनाएको छ । कात्तिक ७ देखि सुरु भएको यो योजना मंसिर ७ गतेसम्म लागु हुनेछ । कम्पनीले मंसिर ८ गते वार्षिकोत्सवको विशेष अवसरमा लक्की ड्रमार्फत विजेता घोषणा गर्ने जनाएको छ ।
यो योजना चितवन कोइसमूहका कर्मचारी र कर्मचारीका परिवार, विदेशी नागरिक, स्थानीय बासिन्दा र बालबालिकाको टिकटमा भने लागु नहुने कम्पनीले जनाएको छ। मनकामना दर्शनार्थीलाई लक्षित गरी चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म सञ्चालित यस केबुलकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नसमेत योगदान पुर्याउँदै आएको छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया