मुस्ताङमा एक्स्ट्रिम ई ईलेक्ट्रोनिक कार र्‍याली हुने

समाधान संवाददाता २०७६ कार्तिक २६ गते १६:२३

मुस्ताङमा एक्स्टिम ई कम्पनीले सन् २००१ मार्चमा ईलेक्ट्रोनिक कार र्‍याली आयोजना गर्ने । यसको जानकारी तथा जलवायु परिवर्तन सम्वन्धि धारण पेश गर्न पर्यटनमन्त्री योगेश भट्टराई मुस्ताङ । तस्विरः एसके थकाली ।

एसके थकाली, जोमसोम

हिमालपारीको जिल्ला मुस्ताङको थासाङ–२ कोवाङ क्षेत्रमा जलवायु परिवर्तन संम्वन्धि जनचेतनामुलक विश्व एक्स्ट्रिम ई ईलेक्ट्रोनिक कार र्‍याली आयोजना हुने भएको छ । बिश्वका औधोगिक राष्ट्रहरुले उत्र्सजन कारण भईरहेको जलवायु परिर्वतनको असर संम्वन्धि विश्व समुदाय माझ सचेतना जगाउने उद्देश्यले एक्स्ट्रिम ई कम्पन्नीले ईलेक्ट्रोनिक कार र्‍याली आयोजना गर्ने भएको हो ।

Advertisement

निकै शाहसिक र जोखिमपूर्ण मानिने कार र्‍याली विश्वका ५ वटा देशमा हुनेछ । जलवायु सचेतीकरण अभियानमा योगदान दिने र एक्स्ट्रिम ई ईलेक्ट्रोनिक कारको मुस्ताङबाट ब्रान्ड लञ्च गर्ने उद्देश्यले नेपालमा यसप्रकारको बृहत कार र्‍याली ईभेन्ट हुन लागेको एक्टिम ई कार्यक्रमकी व्यवस्थापक संयोजक मिस लुईसाले जानकारी दिईन् । उनका अनुसार साहशिक र जोखिमपूर्ण कार र्‍यालीका लागि पर्यटन मन्त्रालयको परामर्शमा सन् २०२१ को मे तारिखमा मुस्ताङमा हुन लागेको जानकारी दिईन् । प्रदुषण रहित पूर्वाधार जडित ईलेक्ट्रोनिक कार र्‍यालीले जलवायु परिवर्तन न्युनिरकणका लागि योग्य भएको उनले बताईन् । जलवायु परिवर्तन संम्वन्धि बिशेष अभियानका रुपमा अग्रसर एक्स्ट्रिम ई कम्पनीका टोलीले मन्त्रालयको सल्लाह मुताबिक मुस्ताङमा स्थान छनौट गरेको लुईसाले जनाईन् । ईलेक्ट्रोनिक कार र्‍यालीको संम्भाव्यता अध्ययन र यसको आवश्यक पूर्वाधार निर्माणको तयारी सुरु भएको संयोजक लुईसाको भनाई छ । कार र्‍यालीका लागि करिव १ अर्ब बजेट अनुमान गरिएको छ । मुस्ताङको धौलागिरि र निलगिरि काखको १० किलोमिटर क्षेत्रफलमा कार र्‍याली हुने लुईसाले सुनाईन् । र्‍यालीमा एक्स्ट्रिम ई फमुला वान कार रेश हुनेछ । यसका लागि बिदेशबाट कारहरु नेपालमा झिकाईने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक अलेक्जेन्डर एगाधले कम्पनीको ब्रान्ड प्रर्वधन तथा जलवायु परिवर्तन संम्वन्धि जनचेतना फैलाउने उद्देश्यले र्‍यालीको आयोजना गरिन लागेको बताए । विश्वमै सर्वत्र चिन्ताको बिषय बनेको जलवायु परिवर्तनको असरले बर्सेनि हिमालको सौन्दर्यता घट्दै गईरहेको ,भु–क्षय ,बाढीपहिरो र हिमाताल फुट्ने गरेको ,जंगलहरु मासिन थालेको ,मानब जिवनशैलीमा नकारात्मक प्रभाव पारेको ,पर्यावरण र प्राकृतिक सुन्दरतामा हानी पुगेको ,बन्यजन्तु पलायन भईरहेको ,प्रदुषण बढेको र भावी सन्ततीका लागि यसले पुर्‍याउने असर र अनुकुलनको उपाय संम्वन्धि यथेस्ट संन्देश प्रवाह गर्न ईलेक्ट्रोनिक कार र्‍यालीको आयोजना हुन लागेको प्रबन्ध निर्देशक अलेक्जेन्डरले उल्लेख गरे ।

Advertisement

विश्व कार र्‍यालीको अवधिमा विश्कै चर्चित व्यक्ति÷व्यक्तित्व तथा हलिउड र बलिउडका सेलिबेट्रीलाई समेत निम्त्याईने एक्स्ट्रिम ई कम्पनीले जनाएको छ । कार रेश र जलवायु संम्वन्धि सचेतना तथा प्रचार–प्रसारका लागि विश्कै चर्चित मिडिया हाउस नेपाल भित्र्याईने कम्पनीले जनाएको छ ।

विश्व कार रेशको यसप्रकारको ईभेन्ट नेपालपछि युरोपको ब्राजिलमा हुने तय भएको छ ।

निकट भबिष्यमा हुने एक्स्ट्रिम ई को साहशिक कार र्‍यालीका घोषणाका लागि संस्कृति पर्यटन तथा नागरिक उड््यन मन्त्री योगेश भट्टराई मंगलबार मुस्ताङ आएका हुन् । उनलाई कम्पनीको टोलीले कार रेश , जलवायु संम्वन्धि र पर्यटन विकासको संम्भावनाका बारेमा अन्तवार्ता समेत लिएका छ। उनलाई आयोजक टोलीले जलवायु परिवर्तनले नेपाललाई पुर्‍याएको क्षति बारेमा प्रश्न गरेका थिए । सो अवसरमा पर्यटन मन्त्री भट्टराईले मन्त्रालयकै समन्वयमा सन् २००१ को मार्चमा एक्टिम ई कम्पनीले ईलेक्ट्रोनिक कार र्‍याली आयोजना गर्ने बताए । उनले यो ठुलो र करोडौ लागतका

ईभेन्ट भएकाले नेपालबाट विश्वभरीका राष्ट्रहरुमा जलवायु परिवर्तनको संन्देश प्रवाह गर्ने र यसले नेपालको पर्यटन बिकासका लागि महत्वपूर्ण योगदान दिने दावी गरे । मन्त्री भट्टराईले विश्वमै जलवायु परिवर्तनको असर चिन्ताको बिषय भएको र यसको न्युनिरकण र अनुकुलनको संन्देश कार रेशले संम्प्रेषण गर्ने जनाए । ‘कार रेशमा चर्चित मिडिया र सेलिबेट्री आउछन् ,फोटो र भिडियो खिच्छन् । यसबाट नेपालको सौन्र्यतालाई विश्व माझ चिनाउछ’उनले कार रेशका माध्यमबाट पर्यटन विकास र समृद्धिका लागि अतुलनीय योगदान दिन्छ ।’

नेपाल पर्यटन बोर्डका कार्यकारणी प्रमुख दिपक जोशीले ईलेक्ट्रोनिक कार रेश ईभेन्टले नेपालको पर्यटन विकासमा सघाउने दावी गरे । सरकारले नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन विभिन्न कार्यक्रम सार्वजनिक गरेको उल्लेख गर्दै उनले पर्यटन प्रर्वद्धन गर्न सक्ने ठुलो लागत कार रेश आयोजना गर्ने कम्पनी भित्र्याईन लागेको उल्लेख गरे । यस्तै ,मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले संसारकै चर्चित कार रेश ईभेन्टले मुस्ताङ पर्यटन र स्थानीयको जिवन स्तरमा सघाउ पुर्‍याउने बताए । कार रेशपछि विश्व बजारमा मुस्ताङको सौन्दर्यता र महत्वलाई चिनाउने सांसद तुलाचनले उल्लेख गरे ।

एक्टिम ई कम्पनी ६ बर्षअघि अलेक्जेन्डर एगाधले फर्मुला वान खोलेका हुन् । उनले विश्वमा जलवायु परिवर्तनले पुर्‍याएको असरबारे अध्ययन गरेपछि यस बिषयलाई प्राथमिकतामा राखेर वातावरण प्रदुषण रहित ई कम्पनी खोलेका थिए । उनले मुख्यतया ५ वटा देशलाई प्राथमिकतामा राखेर ईलेक्ट्रोनिक कार रेशका माध्यमबाट जलवायु परिवर्तन अभियान चलाएका हुन् ।

तपाईको प्रतिक्रिया