भीरमा अलपत्र फ्रान्सेली महिलाको शकुसल उद्दार

समाधान संवाददाता २०७६ कार्तिक २९ गते १५:३४

एसके थकाली, जोमसोम

राउन्ड अन्नपूर्ण सर्किट हुदै मुस्ताङ पदयात्राको क्रममा ५ घण्टा सम्म भिरमै अलपत्र एक विदेशी महिलाको बुधबार मुस्ताङ प्रहरीले शकुसल उद्दार गरेको छ । वारागुङ मुक्तिक्षेत्र गाउपालिका–१ स्थित सिङघोपु भन्ने स्थानमा अलपत्र बर्ष ३२ की फ्रान्सेली महिला मारिने चर्लोत्ते तचातको सकुशल उद्दार गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रबत्ता आशिष अधिकारीले जानकारी दिए।

उद्दार गरिएकी महिला एक साताअघि एक्लै मनाङ देखि थ्रोरङ्लापास हुदै मुस्ताङको जोमसोम आउने क्रममा थिईन् । उनी भीरमा अलपत्र परेको सूचना दिउसो ३ बजे प्रहरीलाई जानकारी गराईएको थियो । उनी संगजीपिएस भएकाले अलपत्रपरेको सूचना फ्रान्सेली दुताबासलाई उनले जानकारी गराएकी थिईन् । यसपछि दुताबासले मुस्ताङ प्रहरीलाई सूचना गरेको प्रहरी प्रबत्ता अधिकारीले बताए ।

Advertisement

घटनाको खबर थाहा पाउने बित्तिकै प्रहरी निरीक्षक अधिकारी सहितको प्रहरी टोलीले दिउसो ४ बजे भीरबाट उद्दार गरी उनलाई बारिह ल्याएको थियो । उद्दार पछि प्रहरीको बयानमा उनले आफु ५ घण्टा सम्म भीरमा अलपत्र परेको सुनाएकी थिईन् ।

Advertisement

तपाईको प्रतिक्रिया