सचिनले भेटे प्रधानमन्त्री

समाधान संवाददाता २०७६ मंसिर १ गते १४:३३

समाधान संवाददाता, काठमाडाैं

गत शुक्रबार नेपाल आएका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।

युनिसेफका सद्भावनादूतका रुपमा नेपाल आएका तेन्दुलकरले आइतबार प्रधानमन्त्री निवासमा ओलीलाई भेटेका हुन्।

सचिनले नेपालले बाल अधिकारका बारेमा गरेका कामको प्रशंसा गरेको प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटर मार्फत जानकारी गराएका छन्।

‘उनले बालअधिकारको संरक्षण र उनिहरुको हितका लागि नेपालले गरेको प्रयास प्रशंसाजनक रहेको बताए,’ प्रम ओलीले लेखेका छन्।

Advertisement

यसअघि सचिनले शनिबार कीर्तिपुरस्थित टियु मैदानमा बालबालिकासँग क्रिकेट खेलेका थिए।

टियु मैदानमा बालअधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा युनिसेफ नेपालले सचिनको टिम र पूर्वकप्तान विनोद दासको टिमबीच मैत्रीपूर्ण क्रिकेटको आयोजना गरेको थियो।

तपाईको प्रतिक्रिया