पिस होमद्वारा सेनेटरी प्याड सहयोग

समाधान संवाददाता २०७६ मंसिर ४ गते १३:५१

समाधान संवाददाता, पोखरा

लायन्स क्लब अफ पोखरा पिस होमले हेल्थ अवारनेस तथा सेनेटरी प्याड वितरण गरेको छ । क्लबले पोखरा ३३ भरतपोखरीस्थित शान्ती उदय माविमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई सेनेटरी प्याड वितरण गरेको हो ।

कार्यक्रममा महिनावारी नियमित प्रक्रिया हो भन्दै समयमा कसरी सफा र सुरक्षित रहने भन्ने विषयमा जानकारी दिइएको थियो । लायन्स डिस्ट्रिक्ट ३२५ बी १ नेपालका सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यले क्लबले गरेका सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे । उनले विद्यार्थी बहिनीहरुको स्वस्थ्य र मनोविज्ञानमासमेत राम्रो प्रभाव पार्ने फरक खालको कार्यक्रम आयोजना गरेकामा शुभकामना दिए ।

Advertisement

विद्यालयका प्रधानााध्यापक टेकनारायण गिरीले सामाजिक कार्यबाट विद्यार्थी नानीहरुमा सकारात्मक प्रभाव पर्ने बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन अग्रह गरे । कार्यक्रममा आरोग्यधाम होमियोपेथिक हस्पिटलका तुलसी गौतमले विद्यार्थीलाई बढ्दो उमेरसँगै शरीरमा आउने परिवर्तन, महिनावारी चक्र, महिनावारीमा देखिने लक्षण, महिनावारीको समयमा कसरी सफा र सुरक्षित रहने र महिनावारी हुँदा गाह्रो भएको अवस्थामा गरिने घरेलु उपचार बारे जानकारी दिएकी थिइन् ।

लायन्स क्लब अफ पोखरा पिस होमका अध्यक्ष बबिता पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक निवर्तमान अध्यक्ष लक्ष्मी थापाले स्वागत र सचिव विष्णा चापागाईँले सञ्चालन गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया