ट्रयाक्टरले च्यापेर चालककाे मृत्यु

समाधान संवाददाता २०७६ मंसिर ५ गते १३:५२
प्रतिकात्मक तस्विर

समाधान संवाददाता
पोखरा

माछापुच्छ्रे गाउँपालिका ३ मर्दीखोलाबाट घाचोकतर्फ जाँदै गरेको ग १ त ३४७३ नम्बरको ट्रयाक्टर सडकबाट लगभग ५० मिटर तल खस्दा ट्रयाक्टर चालकको मृत्यु भएको छ । पर्सा घर भई माछापुच्छ्रे गाउँपालिका बस्नेत चालक नरेन्द्र सिंह बस्नेतको ट्रयाक्टरले च्यापेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

विदेशी पर्यटक घाइते

Advertisement

पोखरा १८ सराङकोट तोरीपानीस्थित ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ दुर्घटना हुँदा स्लो पाइलट ब्रिटेनका नागरिक म्याटहिओ फिडिएस घाइते भएका छन् । मणिपाल शिक्षण अस्पताल उनको उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया