सिना र कमलले तेक्वान्दोबाट दिलाए दोस्रो स्वर्ण

समाधान संवाददाता २०७६ मंसिर १६ गते १४:४९

समाधान संवाददाता, काठमाडाैं

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दो पुम्सेअन्तर्गत महिला १७-२३  वर्ष विधामा नेपालकी सिना मादेन लिम्बूले र पम्सेबाटै २४-२९ वर्ष विधामा नेपालका कमल श्रेष्ठले स्वर्ण जितेका छन् ।

सिनाले ८.१५० अंक ल्याइन् भने भारतकी रुपाले ८.१३० अंक प्राप्त गरिन् । 

Advertisement

यो स्पर्धामा नेपाल र भारतसहित बंगलादेश, पाकिस्तान र श्रीलंकाका खेलाडी सहभागी थिए । 

योसहित नेपालको स्वर्ण संख्या पाँच पुगेको छ। नेपालले कराँतेबाट २ र ट्राइथलबाट १ स्वर्ण जितिसकेको छ। 

Advertisement

तपाईको प्रतिक्रिया