कुलपुजाका लागि जाँदै गरेकाे जीप दुर्घटना, १४ जनाकाे मृत्यु

समाधान संवाददाता २०७६ मंसिर १७ गते १२:५७

समाधान संवाददाता, बाग्लुङ

गुल्मीको इस्माबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेकाे जीप भीमकाेटमा दुर्घटना हुँदा कम्तीमा पनि १४ जनाकाे मृत्यु भएकाे छ ।  

इस्मा गाउँपालिका ४ दोहोलीबाट मंगलबार बिहान हुने कुलपूजाका लागि बाग्लुङ गएका कार्की खलकहरु चढेको जीप दुर्घटना हाे । कुलपूजाका लागि रिजर्भ गरेर ल्याइएको ग १ ज ५२१९ जीप सडकबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।

Advertisement

प्रहरी निरीक्षक सुरज खड्का नेतृत्व प्रहरी टोली घटनास्थलमा खटिएको छ। घटनामा परी तीन जना घाइते भएका छन् भने १ जना बेपत्ताकाे खाेजी भइरहेकाे प्रखरी निरीक्षक खड्काले जानकारी दिए ।

जीपका चालकको पनि मृत्यु भइसकेकाले घटना कसरी भयो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।

Advertisement

तपाईको प्रतिक्रिया