तनाव हटाउन राजयोग मेडिटेसन

समाधान संवाददाता, वालिङ
तनावमुक्त खुशियाली जीवनका लागि वालिङमा राजयोग मेडिटेसन भएको छ । ५ दिने प्रशिक्षणमा राजु घलेले राजयोग मेडिटेसनको महत्व र निरन्तरता बारे धारणा राखेका थिए ।
मानव जीवनमा हुने दैनिक तनावलाई मुक्त गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यले राजयोग मेडिटेसन प्रशिक्षण आयोजना गरिएको थियो । तनावका कारण सिर्जना हुने घटना र दुर्घटना निराकरण गर्न योग साधना नै प्रभावकारी हुने सहभागीले बताएका थिए ।
ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय वालिङ शाखाले आयोजना गरेको राजयोग मेडिटेसनमा १ हजार बढीले भाग लिएका थिए । सुख, शान्ति, आन्नद र प्रेम पूर्वक जीवन जिउने कलाले मात्र मानिस सफल हुन सक्ने भन्दै कविता नेपालले भनिन्, ‘जीवनमा आउने सबै अशान्ति र तनावको समाधान वैज्ञानिक र आध्यात्मिक रुपमा गराउने हाम्रो प्रयास हो ।’
‘जबसम्म मानव जीवनमा भइसेकेको घटना र विनाशप्रति चिन्तित हुनु फेरी अर्को विनास निम्त्याउनु हो’ बरिष्ठ राजयोग प्रशिक्षक राजु घलेले भने, ‘यस्ता विनाश प्रतीको चिन्ता र स्वार्थी सोंच हटाउँदै आत्म शुद्धिकरण गर्न सके तनाव मुक्त हन्छ । तनाव मुक्त भनेको खुशियाली जीवन हो ।’ घलेले भने, ‘मानव जगत तनाव मुक्त भयो भने मात्र देशको विकास हुन्छ ।’








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया