तनाव हटाउन राजयोग मेडिटेसन

समाधान संवाददाता २०७६ पुष १ गते १४:२९

समाधान संवाददाता, वालिङ

तनावमुक्त खुशियाली जीवनका लागि वालिङमा राजयोग मेडिटेसन भएको छ । ५ दिने प्रशिक्षणमा राजु घलेले राजयोग मेडिटेसनको महत्व र निरन्तरता बारे धारणा राखेका थिए ।

मानव जीवनमा हुने दैनिक तनावलाई मुक्त गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यले राजयोग मेडिटेसन प्रशिक्षण आयोजना गरिएको थियो । तनावका कारण सिर्जना हुने घटना र दुर्घटना निराकरण गर्न योग साधना नै प्रभावकारी हुने सहभागीले बताएका थिए ।

Advertisement

ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय वालिङ शाखाले आयोजना गरेको राजयोग मेडिटेसनमा १ हजार बढीले भाग लिएका थिए । सुख, शान्ति, आन्नद र प्रेम पूर्वक जीवन जिउने कलाले मात्र मानिस सफल हुन सक्ने भन्दै कविता नेपालले भनिन्, ‘जीवनमा आउने सबै अशान्ति र तनावको समाधान वैज्ञानिक र आध्यात्मिक रुपमा गराउने हाम्रो प्रयास हो ।’

‘जबसम्म मानव जीवनमा भइसेकेको घटना र विनाशप्रति चिन्तित हुनु फेरी अर्को विनास निम्त्याउनु हो’ बरिष्ठ राजयोग प्रशिक्षक राजु घलेले भने, ‘यस्ता विनाश प्रतीको चिन्ता र स्वार्थी सोंच हटाउँदै आत्म शुद्धिकरण गर्न सके तनाव मुक्त हन्छ । तनाव मुक्त भनेको खुशियाली जीवन हो ।’ घलेले भने, ‘मानव जगत तनाव मुक्त भयो भने मात्र देशको विकास हुन्छ ।’

Advertisement

तपाईको प्रतिक्रिया