निर्यात प्रवद्र्धन र बजार विस्तारबारे विमर्श

समाधान संवाददाता
पोखरा
पोखरा चेम्बर अफ कमर्स कास्कीले नेपालका निर्यातयोग्य उत्पादन प्रवद्र्धन र अन्तराष्र्ट्रिय बजार विस्तारका बारेमा नेपालका लागि बंगलादेशका राजदुत माश्फी बिन्ट साम्ससँग बुधबार छलफल गरेको छ ।
राजदुत शाम्सले नेपालबाट बंगलादेश निर्यात हुने वस्तुमा सुन्तला, स्याउ र मौलिक हस्तकलाका समान लोकप्रिय रहेको बताइन् । उनले बंगलादेशबाट रेडिमेट गार्मेन्टका सामान नेपाल आयात हुने जानकारी दिइन् । उनले बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिदको नेपाल भ्रमणले पर्यटन प्रवद्र्धनमा सघाएको दावी गरिन् । करिब ३७ हजार बंगालादेशका नागरिकले नेपाल भ्रमण गरेको जानकारी दिँदै उनले आगामी दिनमा अधिकांश बंगालादेशका नागरिकले नेपाल भ्रमण गर्ने उल्लेख गरिन् । ‘राष्ट्रिपति हमिद्ले पोखराको फेवातालमा बोटिङ गरेको र रुपाकोटको भ्रमण गर्नु भएको थियो,’ उनले भनिन्, ‘राजदुतावासको टिमले समेत रुपाकोट लगायत पोखरा आसपासको भ्रमण गरेर पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउनेछ ।’
पछिल्लो १० वर्षमा वंगलादेशको आर्थिक वृद्धिदर उच्च छ । गण्डकी प्रदेशमा जलविद्युत उत्पादनका दृष्टिले प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले प्रदेशले बंगलादेशको सामाजिक तथा आर्थिक सुधारबाट धेरै पाठ सिक्न सक्ने धारणा राखिन् ।
पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष किसान सुनारले नेपालले बंगलादेशमा १ सय ८० प्रकारका समान निर्यात गर्न सक्ने बताए । नेपाल र बंगलादेशबीच द्विराष्ट्रिय व्यापार, लगानी र आर्थिक सम्बन्ध विस्तारका लागि ध्यान दिएको जानकारी दिए । उनले चेम्बरले व्यावसायिक सूचना तथा प्रतिनिधि मण्डलको आदानप्रदान गर्दै आएको जनाए । अध्यक्ष सुनारले बंगलादेशका राष्ट्रपति हमिदको पोखरा भ्रमणले पर्यटन प्रवद्र्धनको लागि नयाँ आयाम थपेको दाबी गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य मीना गुरुङ, पोखरा चेम्बरका उद्योगतर्फका उपाध्यक्ष गीता तिवारी, वस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडल, महासचिव उमराज बास्तोला, अन्तर्राष्ट्रिय विभाग प्रमुख रविबहादुर विक, ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल पश्चिमाञ्चल क्षेत्रीय समिति पोखराका अध्यक्ष हरि भुजेल लगायतले बोलेका थिए ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया