नेपाली इन्जिनियरहरुले बनाएको विद्युतिय मोटरसाइकल ‘यात्री’

समाधान संवाददाता २०७६ पुष ४ गते १३:३४

समाधान संवाददाता, काठमाडाैं

नेपाली युवा इन्जिनियर टोलीले बनाएको विद्युतिय मोटरसाइकल ‘यात्री’ सार्वजनिक भएको छ।

४ जना इन्जिनियर सहितको ७ जनाको टोलीले ‘यात्री’ डिजाइन स्टुडियोको स्थापना गरेर मोटरसाइकलको पहिलो परियोजना प्रोजेक्ट जिरोलाई् सार्वजनिक गरेको हो ।

Advertisement

यसका सम्पुर्ण स्पेयर पाट्स नेपालमै डिजाइन गरेर अमेरिका, चाइना, भारत, र युरोपेली मुलुकका  विभिन्न कम्पनीसँग सहकार्य गरेर निमार्ण गरिएको कम्पनीका संस्थापक अशिम पाण्डेले जानकारी दिए।

‘हामीले सबै काम आफैले गर्यौ, कतिपय पार्टस् बनाउन नेपालमै करोडौ लाग्ने प्लान्ट बनाउनु पर्ने भएकोले नेपालमा डिजाइन गरेर विदेशबाट बनाएर ल्यायौ,’उनले भने।

Advertisement

साठीको दशकको क्याफे रेसर डिजाइनबाट प्रभावित यस मोटरसाइकल सहरी क्षेत्र र मोर्डन कनेक्टिभिटीको लागि तयार पारिएको पाण्डेको भनाइ छ।

३० किलोवाट ब्याट्री क्षमताको यस मोटरसाइकल सिङ्गल चार्जमा २ सय ३० किलोमिटर कुद्ने कम्पनीको दावी छ। बाइकमा ४० हर्सपावरको शक्ति छ।

बाइक निर्माणका लागि कम्पनीले २०१७ देखि रिर्सचको काम सुरु गरिसकेको थियो भने २०१८मा नेपालको विभिन्न ठाउँमा गएर सवारीसाधन र सडकको बारेमा अध्ययन गरेको थियो।

यात्रा गर्दा हुने प्रमुख समस्या पहिचान गरेर त्यही अनुसार मोटरसाइकल निमार्ण गरिएको पाण्डेले जानकारी दिए।

यसमा अरु मोटरसाइकलको जस्तो मेटल नभई कार्वन फाइवर प्रयोग गरिएकोले आकर्षक हलुका  र सुरक्षित रहेको कम्पनीको दावी छ। यात्री डिजाइन स्टुडियोले पहिलो चरणमा ५० ओटा मोटरसाइकल उत्पादन गर्नेछ।

कम्पनीले यसको मूल्य सार्वजनिक नगरे पनि ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिले पहिलो इलेक्ट्रिक मोटरसाइकल ‘यात्री’ बुकिङ गरेका छन्।

तपाईको प्रतिक्रिया