भ्रमण वर्ष प्रचार गर्दै व्यवसाय

समाधान संवाददाता
पोखरा
३ तहका सरकार बनेपछि ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा अघि सारिएको छ । नेपालले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित भिजिट नेपाल २०२० मनाउँदै छ । भ्रमण वर्ष सुरुआतको संघारमा प्रचारप्रचारका विभिन्न रणनीति बनिरहेका छन् ।
सरकारी तवरबाट भिजिट नेपाल सुरु हुनै लाग्दा निजी क्षेत्रबाट पनि विभिन्न प्रयास थालिएका छन् । गत कात्तिकमा तिलोत्तमा नगरपालिका रुपन्देहीमा स्थापना भएको लिडास फेसन निटवेयर प्रालिले भ्रमण वर्ष प्रचारसँगै व्यावसायिक यात्रामा सिर्जनात्मक सुरुआत गरेको छ । लिडासले भिजिट नेपालको लोगो अंकित स्वेटर र गलबन्दी बजारमा ल्याएको छ ।
लिडासका प्रबन्ध निर्देशक इन्द्र खड्काले मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पर्यटनमन्त्री विकास लम्साललाई भेटे । मुख्यमन्त्री गुरुङले सरकारी तवरबाट हुनुपर्ने काम निजी क्षेत्रले गरेको भन्दै गण्डकी सरकार स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न तयार रहेको बताए । उनले सरकारी र निजी क्षेत्रको सहकार्यबाट मात्रै समृद्ध नेपालको सपना साकार हुने बताए ।
पर्यटनमन्त्री लम्सालले भ्रमण वर्षको प्रसार र पर्यटकलाई उपहारका लागि यस्ता सामग्री निकै उपयोगी हुने विचार राखे । उनले गण्डकी सरकारले १ सय गलबन्दी र १ हजार स्वेटर खरिद गरी सरकारका विभिन्न तहमा वितरण गर्ने प्रतिवद्धता गरे ।
लिडासका यी उत्पादनलाई प्रदेश ५ को सरकार र स्थानीय तहहरुले पनि सघाउने प्रतिवद्धता गरिसकेका छन् । प्रालिले लेडिज स्वेटर, पन्जु, लङकोट, जम्पर, प्लाजु, सबै सिजनलाई हुने एक्सपोर्ट क्वालिटीका सामान पनि उत्पादन गरिरहेको छ । लिडासका प्रबन्ध निर्देशक खड्का १५ वर्ष विदेश बसेर फर्किएका हुन् । उनीसहित ५ जनाको ७ करोड लगानीमा स्थापित लिडासमा ७० जनाले रोजगारी पाएका छन् ।
लिडासका उत्पादनलाई अमेरिका, स्विटजरल्यान्ड, वेलायत, अस्टेलियामा पनि पुर्याइसकिएको छ । खड्का भन्छन्, ‘हामीले सबै विदेशमा बनेका सामान किन बेच्ने ? देशको भ्रमण वर्ष प्रवद्र्धन गर्दै हाम्रा उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्न यसलाई प्लेटफर्म बनाएका छौं ।’ उनले निजी क्षेत्र, सरकारी र नेपालीको यसमा साथ मिल्ने विश्वास व्यक्त गरे ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया