नेपाल भ्रमण वर्षमा निबन्ध प्रतियोगिता

समाधान संवाददाता २०७६ पुष १० गते १५:५७

एसके थकाली, पोखरा

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न गण्डकी प्रदेश स्तरीय निबन्ध प्रतियोगिता हुने भएको छ ।उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र नेपाल भ्रमण वर्ष २०२० प्रदेश समितिले पर्यटन प्रर्वद्धनमा टेवा पुर्‍याउने उद्देश्यले पर्यटन लक्षित निबन्ध प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा गण्डकी प्रदेश अन्तर्गत ११ जिल्लाका कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले निबन्ध प्रतियोगितामा भाग लिन सक्ने प्रावधान तोकिएको छ । आउदो पौष २४ गते सम्म नेपाल भ्रमण वर्ष गण्डकी प्रदेश समितिको कार्यालयलाई प्राप्त हुने गरि प्रतियोगि विद्यार्थीले प्रधानाध्यापकको हस्ताक्षर सहित विद्यालयको नाम खुलाएर निबन्ध पठाउनु पर्ने गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए । उनले पर्यटन प्रर्वद्धनका लागि विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकाले जिल्लाका विद्यार्थीहरुलाई सहभागी हुन अनुरोध समेत गरे ।

Advertisement

प्रतियोगिहरुलाई भ्रमण वर्षको सन्र्दभ जोडेर ३ वटा बिषयमा एक हजार शब्द नघटाई निबन्ध लेख्न अनुरोध गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० अवसर चुनौती, समृद्ध नेपालका लागि पर्यटनको भूमिका र पर्यटन विकासमा सांस्कृतिक र प्राकृतिक संम्पदाको भूमिका गरी ३ वटा बिषय मध्ये एक विद्यार्थीले एक शिर्षक चयन गर्न सक्नेछन् । प्रतियोििगले निबन्ध नेपाली भाषामा प्रस्ट बुझिने गरी पठाउनु पर्ने सांसद बिष्टले उल्लेख गरे ।

निबन्धका लागि संम्वन्धि विद्यालयले आन्तरिक प्रतियोगिता संञ्चालन गरी उत्कृष्ट २ प्रतियोगिको प्राप्ताङ्क नखुलाई पठाउनु पर्नेछ । प्रतियोगितामा सामेल भएका निबन्ध मध्ये उत्कृष्ट ५ प्रतियोगि विद्यार्थीलाई गण्डकी प्रदेशले एक भब्य समारोहका बीच पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको प्रदेश समितिले जनाएको छ । समितिले पहिलो, दोश्रो र तेश्रो हुने विद्यार्थीलाई जनही १५ हजार, १० हजार र ५ हजार र प्रमाणपत्रले सम्मान गर्नेछ भने थप २ जनालाई ३÷३ हजार र प्रमाणपत्रले सम्मान गर्नेछ ।

Advertisement

प्रदेश समितिले नतिजा सार्वजजिक गरेपछि पुरस्कृत विद्यार्थी, शिक्षक र अभिभावक पुरस्कार ग्रहणका लागि प्रदेशले तोकेको कार्यक्रम स्थलमा उपस्थित हुनु पर्नेछ । यसका लागि समितिले आतेजाते बसभाडा र २ दिन पोखरामा बसेको आवास र भोजन खर्च समेत उपलब्ध गराउने जनाएको छ ।

तपाईको प्रतिक्रिया