बन्दीपुर गाँउपालिकाद्वारा विपन्न परिवारलाई साेलार वितरण

समाधान संवाददाता
दमौली
तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न परिवारलाई सोलार वितरण गरेको छ । गाउँपालिकाले बिजुली नबलेका र बिजुली जडानका लागि मिटर राख्न सक्ने क्षमता नभएका घरधुरी छनोट गरी बन्दीपुर गाउँपालिका ६ स्थित बाक्से र खहरेका ७ परिवारलाई सोलार दिएको हो ।
सर्वसाधारणको घर उज्ज्यालो बनाउने उद्देश्यसहित सोलार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । बाक्सेका ६ र खहरेको १ घरलाई सोलार वितरण गरिएको छ । ‘बिजुली नपुगेको गाउँका अति विपन्न र बिजुली पुगे पनि मिटर राख्न सक्ने हैसियत नभएका घरधुरी छानेर सोलार वितरण गरेका हौं,’ थापाले भने, ‘अन्य विपन्नलाई पनि क्रमशः सोलार वितरण गरिनेछ ।’
सोलार प्यानल पाउने ७ घरधुरी नै सुकुम्बासी हुन् । सार्वजनिक जग्गामा घर बनाएर बसेका उनीहरुले मिटर जडान गर्न पाएका छैनन् । प्रतिघर २५ हजार मूल्य पर्ने सोलार प्यानल वितरण गरिएको र जडान खर्च पनि गाउँपालिकाले नै व्यहोेर्ने अध्यक्ष थापाले जानकारी दिए । ‘उज्ज्यालो बन्दीपुर बनाउने लक्ष्यसहित बिजुली नपुगेका ठाउँमा विद्युतीकरण गर्ने लक्ष्य गाउँपालिकाको हो,’ थापाले भने ।
गाउँपालिकाले सोलार प्रदान गरेपछि स्थानीय हर्षित भएका छन् । अहिलेसम्म मैनबत्ती र टुकीको भरमा रहेकोमा सोलार पाएपछि घर नै उज्ज्यालो हुने भन्दै विष्णु नेपालीले बताइन् ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया