टिभिएसको एनटर्क रेस एडिसन स्कुटर पोखरामा

समाधान संवाददाता २०७६ पुष १८ गते १३:३९

समाधान संवाददाता
पोखरा

टिभिएस एनटर्क १२५ रेस एडिसन स्कुटर पोखराको बजारमा सार्वजनिक भएको छ । टिभिएस मोटर्सको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्स र गण्डकीको आधिकारिक बिक्रेता बतास ब्रदर्शले नयाँ संस्करणको स्कुटर सार्वजनिक गरेको हो ।

अभिनेत्री स्वस्तिमा खड्का, जगदम्भा मोटसका उपाध्यक्ष दीपक अग्रवाल र बतास ब्रदर्शका कार्यकारी निर्देशक प्रमेश पराजुलीले उक्त स्कुटर सार्वजनिक गरे । टिभिएसको ब्रान्ड एम्बेसडर खड्काले अहिले टिभिएस प्रयोगकर्ताले आफूसँग सामाजिक सञ्जालमार्फत् सकारात्मक प्रतिक्रिया दिइरहेको प्रतिक्रिया दिइन् । ब्रान्ड सार्वजनिक भएकै दिन बिहीबार ४० ग्राहकलाई टिभिएस एनटर्क १२५ रेस एडिसन स्कुटरको चाबी हस्तान्तरण गरे । उक्त अवसरमा गण्डकी बि बोइङका युवाले शारीरिक कुशलतासमेत प्रदर्शन गरेका थिए ।

Advertisement

टिभिएस मोटर कम्पनीका इन्टरनेसनल बिजनेस एक्जुकेटिभ भाइस प्रेसिडेन्ट आर दिलीपका अनुसार यो स्कुटर सार्वजनिक गरेको दिनदेखिनै नेपालको बजारमा प्रभाव जमाउन सफल छ । उनले भने, ‘यो स्कुटर टिभिएस रेसिङको ३७ वर्षको समृद्ध पेडिग्रीबाट निर्माण गरिएको हो ।’ विश्वभर एनटर्कमा करिब ४ लाख भन्दा बढी युवा उपभोक्ता रहेको भन्दै उनले नयाँ स्कुटर सार्वजनिक भएसँगै यसको संख्या अझंै थपिनेछ ।

यसमा १२४ दशमलव ७९ सीसी, सिंगल सिलिन्डर, ४–स्ट्रोक, ३ भल्भ, एयर कुल्ड इन्जिन रहेको छ जसले ९ दशमलव ४ पीएस पावर १० दशमलव ५ एनएम टर्क दिन्छ । रेस एडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ । त्यस्तै यसमा आकस्मिक बत्ती ‘हजार्ड ल्याम्प’ समावेस गरिएको छ । स्कुटरमा रहेको भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै ‘रेस इडिसन’ ले टिभीएसको रेसिङ पेडिग्रीलाई झल्काउछ । ग्राहकको रोजाइलाई ध्यानमा राख्दै कम्पनीले रेस एडिसन म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा बजारमा ल्याएको छ ।

Advertisement

यसको टेल ल्याम पहिलेको झैं ‘टि सेप’मा छ । यसमा मेकानिकल परिर्वतन नगरिएको कम्पनीले जनाएको छ । कम्पनीले यसको मूल्य २ लाख ४६ हजार ९ सय निर्धारण गरेको छ । टिभिएस एनटर्कले नेपालको स्कुटर बजारमा ठूलो परिवर्तन ल्याएको र यो रेस एडिसनले नेपाली परम्परा कायम राख्ने जगदम्बा मोर्टका प्रवन्ध निर्देशक शाहिल अग्रवालले बताए । ‘थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढी अपेक्षा राख्ने ग्राहकहरुलाई यसले सन्तुष्ट पार्नेछ,’ उनले भने ।

तपाईको प्रतिक्रिया