चितुवाको आक्रमणबाट बालकको मृत्यु

समाधान संवाददाता २०७६ पुष २१ गते १२:१०

समाधान संवाददाता, तनहुँ

आइतबार साँझ चितुवाकाे आक्रमणबाट तनहुँकाे आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगरकाे मृत्यु भएकाे छ ।

घर बाहिर खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको हो।

Advertisement

बालकको शव घरभन्दा दुई-तीन सय मिटर तल बारीमा फेला परेको छ। घटनालगत्तै घटनास्थलमा प्रहरी, डिभिजन वन कार्यालयको टोली पुगेको छ।

चितुवाको आक्रमणबाट तनहुँमा डेढ वर्षको अवधिमा आठ बालबालिकाको मृत्यु भइसकेको छ।

Advertisement

केही दिन अगाडी मात्रै शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा २२ महिनाका बालक रवीन नेपालीको मृत्यु भएको थियो।

भानु नगरपालिकाका विभिन्न वडामा पनि चितुवाको आक्रमणबाट ६ जना बालबालिकाको मृत्यु भएको थियो।


तपाईको प्रतिक्रिया