सिद्धार्थ क्लब पोखराद्वारा उद्यमशीलता तालिम

समाधान संवाददाता २०७६ पुष २४ गते १२:३३

समाधान संवाददाता, पाेखरा

सिद्धार्थ क्लब पोखराले पोखरा महानगरपालिका वडा कार्यालय ८ को सहयोगमा महिला उद्यमशीलताबारे अभिमुखीकरण तालिम आयोजना गर्‍यो । सोमबार सुरु भएको २ दिने तालिममा २६ जना सहभागी थिए । सहभागीलाई विना गुरुङले क्रिस्टलको चुरा, पोतो, टप, औठी, माला लगायतका सामग्री बनाउन सिकाइन् ।

समापन कार्यक्रममा पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले तालिमका सिकेको सीप उपयोग गरी आत्मनिर्भर बन्न आग्रह गरे । यसरी काम सुरु गर्नेहरुलाई सीपको मूल्यांकन गरी वडाले विउ पुँजीका रुपमा आर्थिक सहयोग पनि गर्न सक्ने उनले बताए । क्लबकी अध्यक्ष पार्वती माकाजूले महिलाले सीपमार्फत आर्जन गर्ने विश्वास व्यक्त गरिन् । उनले स्थानीय सरकारसँगको समन्वयमा सामाजिक गतिविधि सञ्चालन गर्ने जनाइन् ।

Advertisement

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष विनोद श्रेष्ठ, सल्लाहकार समिति सचिव रवि मर्सानी, प्रशिक्षक विना गुरुङ, प्रशिक्षार्थी समीक्षा कुँवर लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया