एफ १५ क्रिकेट प्रतियोगिताकाे विजेता बन्याे राइजिङ स्टार ‘बि’

समाधान संवाददाता २०७६ पुष २७ गते १२:२२

रामशरण नेपाली
लेखनाथ

लेखनाथको भण्डारढिकमा भएको एफ १५ क्रिकेट प्रतियोगिताको उपाधि राइजिङ स्टार ‘बि’ ले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा राइजिङ स्टार ‘ए’ लाई २९ रनले पराजित गर्दै राइजिङ स्टार ‘बि’ ले उपाधि हात पारेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको राइजिङ स्टार ‘बि’ ले १५ ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ४ रन बनाएको थियो । १ सय ५ रनको लक्ष्य पाएको राइजिङ स्टार ‘ए’ ले १५ ओभरमा ७ विकेटको क्षतिमा मात्रै ७५ रन बनाएपछि उपविजेतामा सीमित हुनपुग्यो ।

Advertisement

प्रतियोगिताको उपाधिसँगै राइजिङ स्टार ‘बि’ ले नगद ६० हजार, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता टिम राइजिङ स्टार ‘ए’ ले नगद ३० हजार मेडल र प्रमाणपत्रमै चित्त बुझाएको छ ।

प्रतियोगितामा म्यान अफ द म्याच राइजिङ स्टार ‘बि’का विष्णु शर्मा भए । म्यान अफ द सिरिज र बेस्ट बलरको उपाधि सोही टिमका अमृत गुरुङले हात पारे । राइजिङ स्टार ‘बि’ कै अनील गुरुङ बेस्ट ब्याट्स म्यान घोषित भएका छन् ।

Advertisement

सेमिफाइनलमा बागलुङ क्रिकेट क्लबलाई हराउँदै राइजिङ स्टार ए’ र एफसिसिलाई हराउँदै राइजिङ स्टार ‘बि’ ले फाइनल यात्रा तय गरेका थिए ।

विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै गरिने क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले खेलले युवालाई अनुशासित र जिम्मेवार बनाउने बताए । आयोजक आदर्श युवा क्लबले माघ ४ गतेदेखि प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने अध्यक्ष भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया