जेष्ठ नागरिक र पूर्ण अपांगलाई घरघरमै स्वास्थ्य टोलीमार्फत् सेवा

समाधान संवाददाता २०७६ पुष २७ गते १३:०७

सामाधान संवाददाता, स्याङ्जा

पुतलीबजार नगरपालिका ७ भैरबस्थानकी १ सय १ वर्षकी बागमती रोकालाई नगरपालिकाले घरमै गएर उपचार दिएको छ । दम तथा ग्यास्ट्रिक रोगबाट पीडित रोकालाई घरमै उपचार दिएको हो । हरेक महिना उपचारमा धेरै समय र पैसा खर्चेको बताउँदै रोकाले ज्येष्ठ नागरिककालागि नगरपालिकाको ठूलो सहयोग गरेको बताइन् ।

पुतलीबजार नगरपालिकाले १ पटक नगरभित्रका ज्येष्ठ नागरिकको उपचार गर्ने उद्देश्य लिएसँगै ज्येष्ठ नागरिक स्वास्थ्य उपचार कार्यक्रमलाई टोल टोलमा पुर्‍याएको हो ।

Advertisement

स्थानीय ९० वर्षका गंगाबहादुर भुजेलले नगरपालिकाको अभियान आफूलाई राम्रो लागेको बताए । आर्थिक अभावमा परेकालाई घरमै उपचार प्रदान गर्नु आफू जस्तै निम्न आर्थिक अवस्था भएकालाई सहज भएको बताए ।

नगरपालिकाले हरेक महिना २५ देखि ३० गतेसम्म ६० वर्ष कटेका नागरिक र पूर्ण अपांगलाई घरमै पुगेर सेवा दिने अभियान अघि बढाएको नगर प्रमुख सीमाकुमारी क्षेत्रीले बताइन् । क्षेत्रीले ज्येष्ठ नागरिक सेवाका लागि नगरपालिकाले अभियान सुरुआत गरेको बताइन् ।

Advertisement

नगरपालिका भित्र ९ हजार ५ सय ५ जना ६० वर्ष उमेर कटेका ज्येष्ठ नागरिक र १ सय ४५ पूर्ण अपांगलाई अभियानमार्फत् सेवा दिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले ४८ जना स्वास्थ्य कर्मीबाट सेवा प्रदान गर्दै आएको नगर स्वास्थ्य प्रमुख विष्णु काफ्लेले बताए ।

पुतली बजार नगरपालिका ५ मा ज्येष्ठ नागरिक बागमती रोकालाई घरमै उपचार गरिँदै ।

तपाईको प्रतिक्रिया