सवारी दुर्घटनामा गायक निशान भट्टराईको निधन

समाधान संवाददाता २०७६ पुष २९ गते १३:५५

समाधान संवाददाता, काठमाडाैं

Advertisement

सवारी दुर्घटनामा गायक निशान भट्टराईको निधन भएको छ ।

सोमबार राती दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर उनी दुर्घटनामा परेका थिए।

दुर्घटनापछि गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो।

अस्पताल पुर्‍याएलगत्तै उनलाई मृत घोषित गरिएको थियो।

Advertisement

भट्टराई ४० को दशकमा गायनमा आएका थिए। उनी गजल गायकीका लागि चर्चित थिए।


तपाईको प्रतिक्रिया