बालिका बलात्कारीलाई साढे १२ वर्ष कैद

समाधान संवाददाता २०७६ माघ ६ गते १२:३६

समाधान संवाददाता, दमौली

जबरजस्ती करणी मुद्दाका अभियुक्तलाई जिल्ला अदालत तनहुँले साढे १२ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका ५ का कृष्णकुमार विकलाई यो सजाय सुनाएको हो ।

गत असार १४ गते तनहुँको भानु नगरपालिका ३ तुरतेरकी ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा विकलाई पीडितलाई १ लाख क्षतिपूर्तिसमेत दिलाउने फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले बताए । पीडितलाई क्षतिपूर्ति बापतको जरिवाना अभियुक्तबाट नै भराउने अदालतको फैसला छ । विकविरुद्ध गत साउन ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया