मनमोहक नारच्याङ झरना

समाधान संवाददाता २०७६ माघ १९ गते १४:५९

राकेश शर्मा
म्याग्दी

जिल्लाकै सबैभन्दा अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रहेको नारच्याङ झरना अझै पर्यटकको नजरमा पर्न सकेको छैन । सप्तरंगीजस्तो देखिने झरनाको प्रर्बद्धन गर्न सके जिल्लाकै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना छ ।

माथिबाट सिधा बगेर झरेको पानी झरनाको बीच भागमा ठोक्किएर एक्कासी दायाँ, बाँयातर्फ फर्किएको दृष्यले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ । बीच पहरोमा पुगेर २ तिर फाट्ने झरनामा नियमित जसो पर्ने इन्द्रेणी अर्काे आकर्षण हो ।

Advertisement

वरिपरी हरियालीका बीचमा पग्ने पानीले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गरेको छ । हावाको गतिसँगै झरनाको प्रवाहले बयली खेल्दै पहरामा यताउता ठोक्ँिकदा झरनाको स्वरुप झन आकर्षक देखिन्छ ।

पछिल्लो समय नारच्याङबासीले झरनालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न झरनासम्म पुग्ने पदमार्ग मर्मत सम्भार गरेका छन् । तर झरनाको प्रसारप्रचार हुन नसक्दा यहाँ पुग्ने पर्यटक निकै कम छन् । ‘हामीले यो झरनालाई प्रचारप्रसार गर्न सक्यौ भने पर्यटक प्रशस्तै आउने देखिन्छ,’ स्थानीय श्याम पुर्जाले भने, ‘अहिले आन्तरिकभन्दा पनि विदेशी झरना हेर्न आएका छन् । पर्यटक आवागमन बढ्ने अपेक्षासहित होमस्टेसमेत यहाँ सञ्चालन गरिएको छ ।

Advertisement

झरना नजिकैबाट छर्लङ देखिने हिमाल, छेवैमा रहेको मन्दिर र त्यहाँबाट देखिने नारच्याङ गाउँले मन लोभ्याउँछन् । गाउँपालिकामा नारच्याङ जस्तै अन्य झरना पनि भएकाले गाउँपालिकाले यस्ता झरनालाई प्रचारप्रसार गर्न, त्यहाँसम्म पुग्नका लागि पूर्वधार बनाउने योजना तयार गरेको छ । ‘हामले झरनाको विकासका लागि पूर्वाधार बनाउने योजना बनाएका छौं । त्यसका लागि बजेटसमेत विनियोजन हुन्छ,’ गाउँपालिका अध्यक्ष डमबहादुर पुनले भने, ‘अन्नपूर्णमा दर्जनौ हिमाल, झरना र संसारको गहिरो अन्दगल्छी छन् ।’ यहाँ थुप्रै पर्यटकीय स्थलको प्रचारप्रसार गरी पर्यटनमार्फत् समृद्धिको खाका कोरिरहेको बताए ।

तपाईको प्रतिक्रिया