सराङकोटको ढकालटोलमा १ घर १ धारा

समाधान संवाददाता
पोखरा
पोखरा १८ सराङकोटको ढकालटोलमा १ घर १ धारा पुर्याइएको छ । गण्डकी प्रदेश सरकारको १ करोड लगानी तथा स्थानीय जनसहभागितामा स्याउदे लिफ्टिङ खानेपानी आयोजनामार्फत् धाराको व्यवस्था गरिएको हो ।
आयोजनाको बिहीबार गर्दै गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले निर्वाचनमा व्यक्त गरिएको प्रतिबद्धतामध्ये सराङकोटमा धाराको व्यवस्था भइसकेको र बाँकी टोलमा समेत आयोजना क्रमैसँग सम्पन्न हुने बताए ।
“सराङकोटको यावत समस्यामध्ये मूल समस्या खानेपानी हो । यस योजनासँगै अन्यत्रको समस्या पनि हल हुने दिशामा अघि बढेको छ,’ बरालले भने, ‘प्रदेश सरकारले जनताका समस्यालाई नजिकबाट नियाल्दै समाधान गर्दैै आएको छ ।’
समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणालीको प्रमुख उद्देश्य नै जनतालाई खुसी र सुखी बनाउने रहेकाले नेकपाको नेतृत्वको वर्तमान सरकारले जनतालाई समृद्ध बनाउने कार्यको अगुवाई गरिरहेको सांसद बरालको भनाइ थियो ।
वडाध्यक्ष रणबहादुर थापाले अबको २ वर्षभित्रमा सराङकोटको सबै घरमा पानीका धारा पु¥याई छाड्ने प्रतिबद्धता व्यक्त गर्दै ग्यारजाती र चंखपुरदेखि सेदी हाइटसम्मको आयोजनाका लागि डिपिआर तयार भइरहेको जानकारी दिए ।
नेकपाका जिल्ला सदस्य राजु तिमिल्सिनाले वडाका विकास निर्माणले काँचुली फेर्दैैै गएको बताउँदै स्थानीयको राजनीतिक, सामाजिक तथा चेतनाको स्तरसमेत माथि उठेको उल्लेख गरे ।
कार्यक्रममा नेकपा जिल्ला सदस्य राजु खड्का, नेकपा पोखरा १८ का अध्यक्ष पुष्कलबहादुर थापा, नेपाली कांग्रेसका सभापति शिवप्रसाद तिमिल्सिना, सराङकोट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी, तोरीपानी खानेपानी उपभोक्ता समिति अध्यक्ष टीकाराम तिमिल्सना, इन्जिनियर नवीन अर्याल, वडा सदस्य भोजकुमारी थापा, सम्झौता आमा समूहका अध्यक्ष जानुका ढकाल, संस्थाका अध्यक्ष एकबहादुर ढकाल, उपाध्यक्ष शोभा ढकाल, कोषाध्यक्ष डम्बरबहादुर ढकाल लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया