भ्रमण र महंगी भत्ता घटाउन प्रस्ताव

समाधान संवाददाता २०७६ माघ २६ गते १२:३३

समाधान संवाददाता
दमौली

तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्ष ०७६÷७७ का लागि संशोधित बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको शुक्रबारदेखि सुरु भएको ३२ औं नगरसभामा उपप्रमुख मीरा जोशीले चालु आवका लागि १ अर्ब ४४ करोड ४४ करोड ८२ लाख ७६ हजार ७ सयको संशोधित आय प्रस्तुत गरिन् । ३१ औं नगरसभाबाट चालु आवका लागि १ अर्ब २३ करोड १८ लाख २५ हजारको बजेट पारित भएको थियो ।

आन्तरिक स्रोततर्फ विभिन्न शीर्षकमा साविकको आय अनुमानमा १ करोड २१ लाख ९६ हजार थप आय हुने गरी कुल आन्तरिक आय १६ करोड छ लाख ९६ हजार हुने गरी संशोधन गरिएको छ । बाह्य र अन्य आयतर्फ विभिन्न निकायबाट प्राप्त हुने गरी ५ करोड ५७ लाख ५५ हजार ७ सय १७ थप आय हुने गरी कुल बाह्य र अन्य आय १ अर्ब २८ करोड ७५ लाख ८० हजार ७ सय १७ हुने अनुमान गरिएको छ ।

Advertisement

चालु खर्चतर्फ ७७ करोड ८६ लाख ७९ हजार अनुमान गरिएकोमा पुस मसान्तसम्म २७ करोड ७८ लाख २ हजार ७ सय ३२ खर्च हुन आएको छ । पुँजीगततर्फ ६० करोड १६ लाख ४६ हजार विनियोजन गरिएकोमा पुस मसान्तसम्म १० करोड ९२ लाख ७७ हजार २ सय ५३ खर्च हुन आएको छ । चालु र पुँजीगत गरी जम्मा ३८ करोड ७० लाख ७९ हजार ९ सय ८५ यथार्थ खर्च हुन आएको नगरपालिकाले जनाएको छ ।

साउनदेखि हालसम्मको प्रगति र बाँकी अवधिको सम्भावित खर्चलाई दृष्टिगत गर्दा चालु खर्चतर्फ विभिन्न शीर्षकमा साविकको व्यय अनुमानमा १ करोड ८८ लाख १४ हजार थप व्यय गर्ने गरी कुल चालु खर्च ७९ करोड ७४ लाख ९३ हजार संशोधित अनुमान कायम गरिएको छ । पुँजीगततर्फ विभिन्न कार्यक्रममा खर्च हुने गरी साविकको व्यय अनुमानमा रु ४ करोड ९१ लाख ३७ हजार ७ सय १७ थप गरी कुल व्यय अनुमान ६५ करोड ७ लाख ८३ हजार ७ सय १७ को संशोधित विनियोजन कायम गरिएको छ ।

Advertisement

चालु खर्च र पुँजीगत खर्च शीषर्कको खर्चसमेत गरी १ अर्ब ४४ करोड ८२ लाख ७६ हजार ७ सय १७ को संशोधित विनियोजन कायम हुने गरी व्यय अनुमान गरिएको उनले जानकारी दिइन् । गत आव ०७५÷७६ का लागि कुल १ अर्ब २२ करोड ३४ लाख ८३ हजार ५ सय १२ को संशोधन आय अनुमान गरिएकोमा १ अर्ब २० करोड ९० लाख ८१ हजार ८४ यथार्थ आय हुन आएको नगरपालिकाले जनाएको छ । व्ययतर्फ कुल १ अर्ब २२ करोड ३४ लाख ८३ हजार ५ सय १२ को संशोधित विनियोजन गरिएकोमा १ अर्ब आठ करोड ६३ लाख ३३ हजार ३ सय ६७ यथार्थ खर्च हुन आएको थियो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सभामा चालु आवको यस अवधिमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, अव्यवस्थित बसोबास र भूमि व्यवस्थापन, वन, वातावरण तथा विपद् व्यवस्थापन लगायका क्षेत्रमा काम गरेको बताए । नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्भे गर्ने काम सम्पन्न भएको उनले जानकारी दिए । चालु आवमा नगरस्तरीय ७०, वडास्तरीय ३ सय ३७, क्रमागत १ सय र विविध फुटकर योजना ७८ समेत गरी जम्मा ५ सय ८५ योजना कार्यान्वयनको चरणमा छन् । यस वर्ष वडा नं ४, ७, १० र ११ को वडा कार्यालय आफ्नै भवनमा सञ्चालन भइसकेको, वडा नं ५ को सञ्चालन गर्ने तयारी भएको र वडा नं ९ को कार्यालयको ढलान सम्पन्न भएको जनाइएको छ ।

केशवटार मार्ग, छाब्दीमार्ग, छिर्कने कर्लुङ मार्ग, खड्गकाली मार्ग, पराशर मार्ग, कलेस्ती मार्ग, क्यामिन पर्यटन मार्ग, कालिका मार्ग, माहेन्द्री मार्ग, वैरेनी नयाँबस्ती मार्गको बोलपत्र प्रक्रिया सम्पन्न भई कालोपत्रे निर्माण सम्पन्न भएको छ । नगरसभाले जनप्रतिनिधिको भ्रमण भत्ता, कर्मचारी तलब, महंगी भत्ता लगायतमा बजेट घटाउने भएको छ । संशोधित व्यय अनुमानमा उल्लेख गरिएबमोजिम जनप्रतिनिधि दैनिक भ्रमण भत्तातर्फ १० लाख विनियोजन गरिएकोमा ४ लाख बजेट घटाइएको छ ।

कर्मचारी तलबतर्फ ६ करोड विनियोजन गरिएकोमा २ लाख ४० हजार, कर्मचारी महंगीभत्तातर्फ २२ लाख विनियोजन गरिएकोमा ३ लाख, कर्मचारी दैनिक भत्तातर्फ २० लाख विनियोजन गरिएकोमा १ लाख ५० हजार बजेट घटाउने भएको छ ।

तपाईको प्रतिक्रिया