धर्म, संस्कृतिलाई समाजसेवामा जोड्नुपर्छः मन्त्री अर्याल

समाधान संवाददाता २०७६ फागुन २ गते १३:२५

समाधान संवाददाता
स्याङ्जा

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले धर्म संस्कृति संरक्षण गर्नुपर्ने बताएकी छन् । आँधीखोला गाउँपालिका ५ शिवालय मन्दिर पुलकोटमा आयोजना गरिएको श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान विराट धार्मिक महोत्सवमा बिहीबार मन्त्री अर्यालले अब परिवर्तित परिस्थितिमा धर्मसंस्कृतिलाई समाज सेवासँग जोडनुपर्नेमा जोड दिइन् ।

जनादेश प्राप्त नेकपाले सरकार बनाएको बताउँदै मन्त्री अर्यालले सुशासन, अनुशासन, इमान्दारितालाई मूल मन्त्र बनाउँदै सरकार विकासका निम्ति अघि बढिरहेको बताए ।

Advertisement

३ वर्षअघिको आँधीखोला र अहिलेको आँधीखोला हेर्दा पनि विकास कसरी भइरहेको छ भन्ने थाहा हुने बताउँदै उनले यही रफ्तारमा सरकार अघि बढ्ने दाबी गरिन् ।

फागन ७ गतेसम्म सञ्चालन हुने महायज्ञको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेल, उपाध्यक्ष शर्मिला अर्याल, फेदीखोला गापा उपाध्यक्ष देवी थापा, नेकपाका गुणाखर सापकोटा, समाजवादीका ख्यामनारायण ढकाल लगायतले बोलेका थिए । महायज्ञमा १०८ भागवतका अभियन्ता देवनयन लामिछानेले कथावाचन गर्नेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया