खस आर्य संग्रहालयकाे शिलान्यास

समाधान संवाददाता २०७६ फागुन २ गते १३:४१

समाधान संवाददाता
पोखरा

खस आर्य संग्रहालय निर्माण कार्यको सुरुआत भएको छ । क्षत्री समाज नेपाल केन्द्रीय कार्यलयको परिसरमा निर्माण गर्न लागिएको संग्रहालयको गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री किरण गुरुङले शिलान्यास गरे ।

स्रग्रहालय शिलान्यासपछि मन्त्री गुरुङले नेपालको भौगोलिक अवस्था अनुसार जातजातिको धर्म, संस्कृति परम्परालाई आम नेपालीले सम्मान गनुपर्ने र यसलाई राजनीतिक रुपमा नलिई संघीयतालाई मजबुत बनाउनुपर्नेमा जोड दिए ।

Advertisement

आदिबासी भन्ने होडको अन्त्य गरी संघीयताको मर्म र भावना बुझ्न सबै जातिले जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो । पूर्व मन्त्री एवं प्रदेश सांसद कुमार खड्काले जातीय सद्भावका लागि खस आर्य संग्रहालय महत्वपूर्ण हुने बताए ।

प्रदेश सांसद कृष्ण थापाले सबैले स्वीकार गर्ने सबैको सहभागिता रहने संग्रहालय निर्माणमा जोड दिनुपर्ने बताए । प्रदेश सांसद बिन्दुकुमार थापाले विकास निर्माणमा सबै पार्टी एक हुनु नै आजको आवश्यकता रहेको बताए ।

Advertisement

क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्राडा दिलबहादुर क्षत्रीले समाजले सदैव सबै जातिको सम्मानका लागि आन्दोलन गरेकाले संग्रहालय तथा बहुद्देश्यीय भवन निर्माणले थप टेवा पुग्ने बताए ।

निर्माण समिति अध्यक्ष प्रेमबहादुर जिसीले पहिलो चरणको निर्माणमा प्रदेश सरकारले सहयोग गरेको र बाँकी कार्यलाई आम क्षत्री, स्थानीय निकायबाट सहयोग संकलन गरी १ वर्षभित्र ७ करोडको लागतमा पूर्ण रुपमा सञ्चालन गर्ने योजना सुनाए ।

पोखरा ९ का अध्यक्ष रामराज लामिछानेले स्थानीय स्तरबाट संग्रहालय निर्माणमा सहयोग गर्ने बताए । सोही कार्यक्रममा नापी कार्यलयका प्राविधिक ऋषि थापालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा निर्माण अनुगमन समितिका संयोजक कृष्ण थापा, निर्माण समितिका उपाध्यक्ष उर्मिला खड्का, सचिव पदमबहादुर कार्की,पण्डित सोमनाथ सुवेदी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया