बेनी–जोमसोम सडकमा पट्यारिलो टाईमकार्ड, पर्यटकलाई सास्ती

समाधान संवाददाता २०७६ फागुन ६ गते १३:०७

एसके थकाली, जोमसोम

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि लगाईएको पट्यारिलो टाईमकार्डले मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा तिर्थालु मर्कामा परेका छन् । शर्मा गजुरमुखि जेभीले म्याग्दीको तातोपानी देखि मुस्ताङको लेते खण्ड र शर्मा युनाईटेडले म्याग्दीको घुमाउने ताल देखि बेग खोलामा सडक निर्माण भन्दै दैनिक १० घण्टा सवारी रोकेर काम अघि बढाएको छ । हिउँदयामको जाडो सएिकर गर्मीयामको सुरुआत भएको र मुस्ताङीहरु धमाधम घर फर्किने बेलामा लामो टाईमकार्डले असर पुर्‍याएको हो ।लामो टाईमकार्डले मुस्ताङको पर्यटन व्यवसाय समेतलाई असर पार्ने देखिएको छ । बेनी–जोमसोम ७६ किमी सडकखण्डमा ४ प्याकेज छन् ।

जसमध्ये मध्ये २ वटा प्याकेज शर्मा गजुरमुखिले म्याग्दीको तातोपानी देखि मुस्ताङको कोवाङ सम्म, शर्मा युनाईटेडले म्याग्दी पहिलो प्याकेज राहुघाट देखि तातोपानी खण्ड र सप्तकोशी जलाधार कन्ट्रक्सनले मुस्ताङको कोवाङ देखि जोमसोम सम्मको कामको जिम्मा लिएको हो । निर्माण कम्पनीले उक्त प्याकेजहरुमा घासा रककटिङ, वाल, माटो फिलिङ र नाली निर्माण गरिरहेको ईन्जिनीयर अश्विनीकुमार यादवले बताए । हिउद लागेसंगै निर्माण कम्पनीहरुले ३ महिना अघिबाट दिनको २ पटक ८ घण्टा सडक बन्द गर्दै आएका हुन् ।

Advertisement

यस्तै, धवलागिरीका ४ स्थानीय प्रशासनको संयुक्त बैठकले म्याग्दीमा थप टाईमकार्ड लागु गरेको हो । धार्मिक तथा पर्यटकीय जिल्लामा लगाईएको सडक टाईमकार्डले म्याग्दी हुदै मुस्ताङ जाने पर्यटक यात्रा प्रभावित भएको हो । टाईमकार्डले पोखरा –काठमान्डौ देखि छुट्ने लामो दुरीका सवारी साधन तोकिएको समयमा ठाउ पुग्न नसक्ने अवस्था सृजना भएको हो ।

मोरङका प्रल्लादकुमार चौहानसहित उनीसंग आएका सहकारीको टोली मुस्ताङको घासामा ४ घण्टा टाईमकार्डले रोकिन पुगे । छिटो गएर छिटै फर्कने उद्देश्यले मुक्तिनाथ गएका उनीहरुको यात्रा थप १ दिन लम्बिने जनाए । चौहानले भने,‘ विकासका लागि टाईमकार्ड लगाईपनि यात्रुहरुको सुविधालाई पनि ध्यान दिनुपर्ने हो । ४ घण्टा बन्द बढीनै हो ।भएको र यसलाई स यसले मुस्ताङको पर्यटनलाई असर पार्दछ ।’ यात्रुको सुविधालाई ध्यानमा राखेर टाईमकार्ड समायोजन गरियोस भन्ने हाम्रो भनाई हो।

Advertisement

म्याग्दी र मुस्ताङ खण्डमा एकै समयमा १० घण्टा टाईमकार्डले बीचको ४ घण्टाको दुरी पार गर्न मुश्किल पर्ने सवारी चालक रञ्जित मगरले जानकारी दिए । उनले टाईमकार्ड छल्न यात्रुलाई भोकभाकै राखेर कुदाउनु पर्ने अवस्था छ। कालिगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड २०७४ साल देखि सुरु भएको हो ।सडकको गत मंसिरमा म्याद सकिएको छ । हाल सडकको ५० प्रतिशत काम भएको छ ।

तपाईको प्रतिक्रिया